बुधबार, फागुन २७, २०८२

अखाडा परिषद्‌का अध्यक्ष नरेन्द्र गिरी मृत भेटिए

अखाडा परिषद्‌का अध्यक्ष महन्त नरेन्द्र गिरी मृत भेटिएका छन्। उनी प्रयागराजस्थित आफ्नो निवासमा मृत भेटिएका हुन्।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

नयाँ दिल्ली- अखाडा परिषद्‌का अध्यक्ष महन्त नरेन्द्र गिरी मृत भेटिएका छन्। उनी प्रयागराजस्थित आफ्नो निवासमा मृत भेटिएका हुन्। 

National life

केही समयदेखि आफ्नो शिष्यसँग उनको विवाद चलिरहेको भारतीय  समाचार माध्यमहरुले जनाएका छन्। तर, पछि उनीहरु बीचको विवाद समाधान भइसकेको थियो। 

गिरी फर्जी सन्त तथा अखाडाविरुद्ध आवाज उठाइरहेका थिए। उनको नाम अन्य कयौं विवादमा मामिलामा जोडिएको बताइएको छ। 

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार फोरेन्सिक विभागको टोली घटनास्थल पुगेर जाँच गरिरहेको छ।

उनको मृत्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तरप्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले ट्विट गर्दै दु:ख व्यक्त गरेका छन्। 

Laxmi sunrise bank
kumari

प्रधानमन्त्री मोदीले गिरिले समाजका अनेक विचारधारालाई एकसाथ जोड्का लागि ठूलो भूमिका खेलेको बताएका छन्। 


प्रकाशित: Sep 20, 2021| 20:18 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।