शुक्रबार, कात्तिक २८, २०८२

मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनी पक्राउ

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  सोमबार, असोज ४, २०७८

विनोद परियार

विनोद परियार

सोमबार, असोज ४, २०७८

बुटवल-  बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

National life

पहिरो निरीक्षणका लागि बुटवल ३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई अनेरास्विवयू रूपन्देहीका सदस्य गणेश पंगेनीले मुक्का प्रहार गरेका थिए। पंगेनीलाई सोमबार साँझ  ७ बजे नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपि मदन कुँवरले बताए।

 ज्योतिनगरका स्थानीय समेत रहेका पंगेनी पहिरो प्रभावित हुन्। मेयर सुवेदीलाई सोमबार मध्यान्ह पंगेनीले  मुक्का हानेका थिए। उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्। 

एमाले अध्यक्ष समेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मुक्का हानेकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बुटवल उपमहानगरले योजनाबद्व रूपमा आक्रमण भएको भन्दै कारबाहीको माग गरेको थियो। 

विद्यार्थी राजनीति गर्दै आएका उनले पहिरोले पीडित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको उनको भनाई उद्धृत गर्दै प्रहरीले बताएको छ। 

Laxmi sunrise bank
kumari

उक्त क्षेत्रमा भदौ १० देखि ठूलो वर्षा चुरे बगेर ज्योतिनगर क्षेत्रका दुई दर्जन घरमा क्षति पुगेको थियो। सोमबार मात्रै  पनि ९ घर पहिरोले क्षतिग्रस्त भएको थियो।

 


प्रकाशित: Sep 20, 2021| 20:02 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।