सोमबार, वैशाख २८, २०८३

भारतमा कोरोनाबाट थप ६४ हजार संक्रमित

भारतमा कोरोना भाइरसबाट संक्रमित को कुल संख्यामा ६४ हजारभन्दा बढी थपिएका छन्।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

नयाँदिल्ली – भारतमा कोरोना भाइरसबाट संक्रमित को कुल संख्यामा ६४ हजारभन्दा बढी थपिएका छन्।

National life

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५३१ जना सङ्क्रमित थपिएका छन्।

सोही अवधिमा भारतमा एक हजार ९२ जनाको कोरोनाकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या २७ लाख ६७ हजार २७४ पुगेको मन्त्रालयको तथ्यांक छ।

कुल संक्रमितमध्ये अहिले पनि ६ लाख ७६ हजार ५१४ जना सक्रिय संक्रमित छन्। अरु २० लाख ३७ हजार ८७१ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

भारतमा कोरोना भाइरसकै कारण अहिलेसम्म ५२ हजार ८८९ जनाको मृत्यु भएको छ। देशभर तीन करोड १७ लाख ४२ हजार ७८२ जनाको कोरोना परीक्षण गरिएको छ। -एएनआई

प्रकाशित: Aug 19, 2020| 15:12 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।