नयाँ दिल्ली- मुम्बईको एक अदालतले बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रालाई पोर्नोग्राफी मुद्दामा जमानत दिएको छ। उनलाई ५० हजार जमानतमा रिहाको आदेश गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
मुम्बई प्रहरीको क्राइम ब्रान्चमा फेब्रुअरी, २०२१ मा पोर्नोग्राफीसम्बन्धी एक उजुरी परेको थियो। उक्त उजुरीको अनुसन्धान गर्ने क्रममा जुलाईमा व्यवसायी राज कुन्द्रालाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीले उक्त मुद्दामा राज कुन्द्रा संलग्न भएको दाबी गरेको छ। प्रहरीले फेब्रुअरीमा मडको ग्रिनपार्क बंगलामा छापा मारेको थियो। उक्त बंगलामा पोर्नोग्राफी सुटिङ हुने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
सोक्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये दुई अभिनेता र दुई युवतीहरु रहेका थिए। उनीहरुको बयानका आधारमा कुन्द्रालाई प्रहरीले पक्राउ गरेको थियो।
#Breaking : Magistrate Court at Mumbai grants bail to businessman #RajKundra and his associate #RyanThorpe in the Porn Films Racket Case.
— Live Law (@LiveLawIndia) September 20, 2021
The @MumbaiPolice arrested them in July, 2021 and filed a 1,467 page charge sheet last week. pic.twitter.com/uIGu0IyBSr