बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास कल्पना गर्न सकिँदैन'

'प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास कल्पना गर्न सकिँदैन'

सर्वोच्च अदालतले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास कल्पना गर्न नसक्ने जनाएको छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं - सर्वोच्च अदालतले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास कल्पना गर्न नसक्ने जनाएको छ। 

अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालको एकल इजलासको आदेशअनुसार सर्वोच्च अदालत प्रशासनका तर्फबाट रजिष्ट्रार नारायण पन्थीले लिखित जवाफ पेश गर्दै प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास सञ्‍चालन गर्ने भनी कुनै निर्णय नभएको जवाफ दिएका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार, सर्वोच्च अदालत र न्यायपरिषदको लिखित जवाफ पेश भएपनि कानुन व्यवसायी परिषदको लिखित जवाफ पेश नभएकाले मुद्दाको पेशी तोकिएको छैन।

अधिवक्ता रेग्मीले दर्ता गरेको मुद्दामा न्यायाधीश फुयालको इजलासले लिखित जवाफ पेश भएको तीन दिनभित्र मुद्दाको पेशी तोक्नु भनी आदेश गरेको थियो। 

प्रकाशित: Sep 20, 2021| 18:58 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।