बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुस्लिम बाहुल्य जिल्लामा मुस्लिम गणक राख्‍न तथ्यांक विभागलाई आग्रह

मुस्लिम बाहुल्य जिल्लामा मुस्लिम गणक राख्‍न तथ्यांक विभागलाई आग्रह

मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्‍न केन्द्रीय तथ्यांक विभागलाई आग्रह गरेको छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं - मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्‍न केन्द्रीय तथ्यांक विभागलाई आग्रह गरेको छ।

मुस्लिम आयोग र केन्द्रीय तथ्यांक विभागबीच सोमबार ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्‍न आग्रह गरेको हो। छलफलपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सीमित गर्न तथ्यांक विभागसँग आग्रह गरेको बताए। 

उनले आगामी जनगणनामा मुस्लिम आयोग र तथ्यांक आयोगको सहकार्यमा समुदायलाई सचेत गराउन पमप्लेट बाँड्नेजस्ता कार्यमा सहयोग गरेर अघि बढ्ने निर्णय भएको बताए। अध्यक्ष अन्सारीले मुस्लिम आयोगले प्रत्येक जिल्लामा एउटा समिति बनाउने र त्यो समितिसँग तथ्यांक विभागको टोलीले सहकार्य गरेर घरदैलोमा जाने बताए। 

अध्यक्ष अन्सारीले भने, ‘एउटा हामीले मुस्लिम समुदाय बढी भएको जिल्लामा मुस्लिम नै गणक भयो भने यसले तथ्यांक विभागलाई पनि सहज हुन्थ्यो, यथार्थ विवरण सजिलोसँग प्राप्त हुनसक्थ्यो, त्योसँगै पहिला हामीले वेबसाइटमा मुसलमान र मुस्लिम राखिएको पाएका थियौँ, तर अबको जनगणनामा मुस्लिम मात्रै राख्‍न तथ्यांक विभागलाई आग्रह गरेका छौँ, यही निर्णय भएको छ।'

अध्यक्ष अन्सारीले अघिल्लो जनगणनामा अधिकांश विदेशीएका मुस्लिम युवाहरु छुटेको भन्दै यसपटकको जनगणनामा नछुटाउन आग्रह गरिएको पनि जानकारी दिए। छलफलमा तथ्यांक विभागको तर्फबाट उपमहानिर्देशक हेमराज गिरी उपस्थित थिए। 

 

प्रकाशित: Sep 20, 2021| 18:22 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।