बुधबार, असोज २१, २०८३

आगामी चलचित्रका लागि मार्शल आर्ट सिक्दै अभिनेत्री उर्वशी रौतेला

उर्वशी रौतेला बलिउडमा सबैभन्दा फिट अभिनेत्रीमा एक हुन्। यो समय उर्वशी एक्सन मुडमा छन्। उनले आगामी फिल्मको लागि मार्शल आर्ट सिकिरहेकी छन्।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं - उर्वशी रौतेला बलिउडमा सबैभन्दा फिट अभिनेत्रीमा एक हुन्। यो समय उर्वशी एक्सन मुडमा छन्। उनले आगामी चलचित्रको लागि मार्शल आर्ट सिकिरहेकी छन्।

यो चलचित्रको लागि उनले कडा मेहनत गर्दैछन्। मार्शल आर्ट नै मज्जाको भएको उनले इन्स्टग्राममा लेखेकी छिन्, ‘मलाई एक्सन चलचित्रका लागि कडा मेहनत गर्नुछ। र नयाँ कौशल सेट गर्ने विचार मन परेको छ। मइ थाई, काली, फिलिपिनो स्टिक फाइटिङ बोजुत्सुजस्ता, मेरो लागि यो समय स्कुलजस्तै हो।’

 उर्वशीका अनुसार मार्शल आर्ट दमदार छ। यो सबै नृत्यझैं कोरियोग्राफ गरिएको छ। ठूलो किक, फ्लिप र मार्शल आर्टसँग जोडिएको छ। 

उनले आगामी एक्सन चलचित्रको बारेमा अन्य जानकारी भने साझा गरेकी छैनन्। तर उनी चाँडै तामिल चलचित्रमा देखिँदैछिन् जसमा उनको भूमिका ‘माइक्रोबायोलोजिस्ट’को छ।

यसका साथै उनी थ्रिलर फिल्म ‘ब्ल्याक रोज’, ‘थिरुतु पायल २’, को हिन्दी रिमेक र वेब सिरिज ‘इन्स्पेक्टर अविनाश’मा देखिँदैछिन्। 

प्रकाशित: Sep 20, 2021| 18:05 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।