बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चले भन्‍यो- एमसीसीका विषयमा अभिव्यक्ति दिनेलाई कारबाही नगर्नू

सर्वोच्चले भन्‍यो- एमसीसीका विषयमा अभिव्यक्ति दिनेलाई कारबाही नगर्नू

सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं - सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार एमसिसीबारे सकारात्मक, नकारात्मक वा समीक्षात्मक अभिव्यक्ति दिएकै आधारमा कसैलाई पनि कारबाही नगर्न आदेश दिएको हो। भदौ १८ मा एमसिसिबारे गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति खारेजी माग गरिएको मुद्दामा सर्वोच्चले यस्तो आदेश गरेको हो।  

गृह मन्त्रालयले एक सूचना जारी गर्दै एमसीसीको विषयलाई लिएर नाराबाजी र जुलुस प्रदर्शन गर्ने, छिमेकी राष्ट्रका प्रधानमन्त्रीको पुत्ला दहन गर्ने जस्ता गतिविधिमा संलग्‍न हुनेलाई कारबाही गर्ने चेतावनी दिएको थियो। जसविरुद्ध अधिवक्ता प्रवेश केसीले सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए। 

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी सरकारले विज्ञप्ति जारी गरेको उनको दाबी थियो। उक्त रिटमाथि सुनुवाइ गर्दै गृहको निर्णयले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पारेको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

प्रकाशित: Sep 20, 2021| 17:46 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।