शुक्रबार, फागुन २९, २०८२

पछिल्लो २४ घण्टामा संक्रमितको नयाँ रेकर्ड : डब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले पछिल्लो २४ घण्टामा संसारमा अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं- विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले पछिल्लो २४ घण्टामा संसारमा अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ।

National life

संगठनका अनुसार पछिल्ला २४ घण्टामा २ लाख ९४ हजार भन्दा बढीमा कोरोना पुष्टि भएको छ। यो कोरोना महामारी फैलिएपछि विश्वभर नै सबैभन्दा बढी संक्रमित फेला परेको रेकर्ड हो।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर २ करोड १४ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै ७ लाख ७१ हजार १८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५३ लाख ६१ हजार मानिस संक्रमित भएका छन्। त्यहाँ मृतकको संख्या १ लाख ७० हजार नजिक पुगेको छ।

त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३३ लाख १७ हजार पुगेको छ भने अहिलेसम्म १ लाख ७ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।

Laxmi sunrise bank
kumari

भारतमा २५ लाख ८९ हजार मानिस संक्रमित भएका छन्। मृतकको संख्या ५० हजार नजिक छ।

प्रकाशित: Aug 16, 2020| 17:02 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।