बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहादत प्राप्त गरेको ४३ वर्षपछि क्याप्टेन यज्ञबहादुर थापालाई पदक

सहादत प्राप्त गरेको ४३ वर्षपछि क्याप्टेन यज्ञबहादुर थापालाई पदक

प्रजातन्त्रका सेनानी थापा २०३१ सालको टिम्बुरबोटे काण्डका कमान्डर थिए। टिम्बुरबोटेबाट भाग्न सफल उनी केही दिनपछि हालको चिशंखुगढी गाउँपालिकामा पर्ने खानीभन्ज्याङ नजिकैको परालको कुन्युबाट पक्राउ परेका थिए। उनलाई तत्कालीन पञ्चायत शासकले काठमाडौंमा लगेर चार वर्ष जेल राखेका थिए।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

ओखलढुंगा- क्याप्टेन यज्ञबहादुर थापाले सहादत प्राप्त गरेको ४३ वर्ष भइसकेको छ। सरकारले आइतबार घोषणा गरेको मानपदवी पाउनेको सूचीमा थापाको नाम ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ पदक पाउने १६ औं नम्बरमा छ।

प्रजातन्त्रका सेनानी थापा २०३१ सालको टिम्बुरबोटे काण्डका कमान्डर थिए। टिम्बुरबोटेबाट भाग्न सफल उनी केही दिनपछि हालको चिशंखुगढी गाउँपालिकामा पर्ने खानीभन्ज्याङ नजिकैको परालको कुन्युबाट पक्राउ परेका थिए। उनलाई तत्कालीन पञ्चायत शासकले काठमाडौंमा लगेर चार वर्ष जेल राखेका थिए।

२०३५ सालमा विराटनगर बमकाण्डमा समातिएका भीमनारायण श्रेष्ठसँगै मृत्युदण्ड दिइएको थियो। उनीहरूलाई ठ्याक्कै कुन ठाउँमा मृत्युदण्ड दिइयो भन्‍ने यकिन नभए पनि कतिपयले कमला नदी किनारतिर ल्याएर मृत्युदण्ड दिएको बताउँछन्। क्याप्टेन थापालाई नेपाल सरकारले २०७२ फागुनमा सहिद घोषणा गरेको थियो। मृत्यु भएको ३७ वर्षपछि सहिद घोषणा गरिएका थापालाई मरणोपरान्त ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ पदक दिने सरकारको निर्णयले सहिदको सम्मान भएको राजनीतिकर्मीहरू बताउँछन्। 

एकीकृत समाजवादीका नेता दिपक फुयाँलले सम्मानलाई सरकारले विवादरहित बनाउन नसके पनि सम्मानित भएका केही व्यक्तिहरू सम्मानयोग्य रहेको बताए। उनले भने, ‘थापालाई ४३ वर्षपछि सम्मान योग्य देख्नु अनौठो भए पनि सह्रानीय काम हो।’

सुरुमा नेपाली सेनाको क्याप्टेन पदमा कार्यरत थापा पछि नेपाली कांग्रेसको पञ्चायत विरोधी आन्दोलनमा समाहित भएका थिए। 

प्रकाशित: Sep 20, 2021| 16:04 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।