शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भाइरसबाट प्रभावित अर्थतन्त्र उकास्न १.४६ ट्रिलियन डलर लगानी गर्दै भारत

भाइरसबाट प्रभावित अर्थतन्त्र उकास्न १.४६ ट्रिलियन डलर लगानी गर्दै भारत

भारतले कोरोना भाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

भारतले कोरोना भाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।

National life

सङ्क्रमणका कारण अन्य विश्व समुदायको जस्तै भारतको पनि अर्थतन्त्रमा प्रभाव परेको भन्दै महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न सरकारले पूर्वाधार योजनाहरुमा १.४६ ट्रिलियन अमेरिकी डलरको घोषणा गरेको उनले बताए।

प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “भारतले महामारीबाट सिकेको मुख्य पाठ भनेको उत्पादन र विकासमा आत्मनिर्भर बन्ने र अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि प्रमुख आपूर्तिको गन्तव्य बनाउने हो । कोरोना भाइरस महामारी एक ठूलो सङ्कट हो, तर यसले भारतको आर्थिक प्रगति रोक्न सक्दैन,” मोदीले बेलायती शासनबाट भारतले स्वतन्त्रता पाएको दिन १७ औं शताब्दीको मुगल युगमा निर्माण गरिएको लाल किल्लामा सम्बोधनका क्रममा भने।

कोरोना भाइरस नियन्त्रण तथा खोप निर्माणबारे भारतले लिएको अग्रसरताबारे उनले भने, “भारतमा तीन खोपहरू विभिन्न चरणमा परीक्षणको प्रक्रियामा छन् र वैज्ञानिकहरूले ‘ग्रिन सिग्नल’ दिने बित्तिकै विशाल उत्पादन शुरू हुनेछ । खोपको ठूला उत्पादनका लागि विस्तृत योजनाहरू बनाइएको बताउँदै यसबाट प्रत्येक भारतीयलाई खोपको सहज पहुँच गराइनेछ ।”

भारतले २५ लाख भन्दा बढी भाइरसको पुष्टि गरेको छ, अमेरिका र ब्राजिल पछाडि तेस्रो धेरै सङ्क्रमित रहेको भारत मृत्युको सङ्ख्याका आधारमा संसारमा चौथो बढी प्रावित मुलुक हो । भारतमा हालसम्म ४९ हजार सङ्क्रमितको मृत्यु भएको छ ।

Laxmi sunrise bank
kumari

एक राष्ट्रिय डिजिटल स्वास्थ्य योजनाको पनि घोषणा गर्दै प्रत्येक भारतीयले स्वास्थ्यसम्बन्धी सबै जानकारीसहित एक परिचय पत्र प्राप्त गर्ने भारतीय प्रधानमन्त्री मोदीले बताए।

यस वर्षको स्वतन्त्रता दिवसका अवसरमा गरिँदै आएका कार्यक्रमहरूलाई महामारीको कारण व्यापक मात्रामा घटाइएको थियो । उक्त कार्यक्रममा २०,००० पाहुना बोलाइने पूर्व कार्यक्रम तय भएको भएपनि प्रचलन रहेपनि को महामारीका कारणस मात्रै चार हजार पाहुनालाई आमन्त्रित गरिएको सरकारी स्रोतले बताएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा भारतीय अर्थतन्त्रमा ४.५ प्रतिशतको संकुचन प्रक्षेपण गरेको छ, जुन भारतीय इतिहासमा निकै खराब अवस्था हो। तर प्रधानमन्त्रीले सन् २०२१ मा देशको अर्थतन्त्रमा उछाल आउने अपेक्षा गरिएको बताए।

महामारीको आर्थिक प्रभावलाई हटाउन सरकारले सात हजार पूर्वाधार परियोजनाहरू पहिचान गरेको प्रधानमन्त्री मोदीले बताए। “सबै पूर्वाधार समग्र, एकीकृत र एक अर्कासँग जोडिएको हुनुपर्दछ । बहु–आयामिक सम्वद्धता पूर्वाधार अगाडि जाने बाटो हो,” उनले भने। भारतमा गत वर्ष प्रत्यक्ष विदेशी लगानी १८ प्रतिशतले वृद्धि भएको थियो भन्दै मोदीले यसबाट अन्तर्राष्ट्रिय कम्पनीहरूले भारतमा लगानी गर्न चाहेको स्पष्ट सङ्केत मिल्छ ।

“आतंकवाद वा अन्य विवादित विषयमा भारतले चुनौतीहरूको साथ साहसपूर्वक संघर्ष गरिरहेको छ,” मोदीले छिमेकी देशहरूसँगको सिमानामा हुने गरेका तनावका सन्दर्भमा भने।

प्रकाशित: Aug 16, 2020| 06:53 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।