बुधबार, मंसिर १२, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • संखुवासभा हत्याकाण्ड, स्थानीय भन्छन् –आफन्तबाटै नरसंहार होला भनेर सोचेकै थिएनौं

Siddartha premir insuranceSiddartha premir insurance

संखुवासभा हत्याकाण्ड, स्थानीय भन्छन् –आफन्तबाटै नरसंहार होला भनेर सोचेकै थिएनौं

‘गाउँमा यत्रो नरसंहार भएको छ। घटनामा आफन्त नै संलग्न रहेको जानकारी पाएपछि छ झन् त्रास बढेको छ। अब के गर्ने?’
 |  सोमबार, असोज ४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं– संखुवासभाको मादी–१ खोलागाउँका लक्ष्मीभक्त कार्की यति बेला निकै त्रासमा छन्। भदौ २१ गते बिहानै गाउँले तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएपछि रातमा राम्ररी निदाउन नसकेको उनी बताउँछन्। त्यसमा पनि सोमबार हत्याको आरोपमा कार्की परिवारका आफन्त नै मुछिएको भन्ने सूचना पाएपछि थप त्रास उत्पन्न भएको उनको भनाइ छ। उनी भन्छन्, ‘गाउँमा यत्रो नरसंहार भएको छ। घटनामा आफन्त नै संलग्न रहेको जानकारी पाएपछि त झन् त्रास बढेको छ। अब के गर्ने?’ 

triton college

उनले परिवारभित्रैका मानिस मिलेर यस्तो घटना होला भन्ने कहिल्यै सोचेका थिएनन्। ‘हामी शोकमा छौं। गाउँको छरिएको बस्तीमा कतिबेला के हुन्छ भन्ने त्रास छ। गाउँकै मान्छेले यत्रो नरसंहार गरे होलान् भन्ने विश्वास नै थिएन। अभियुक्त पक्राउ परेपछि हामी अच्चम्मित भएका छौं’, उनले भने।  उनले एकै जनाले घरपरिवारका त्यत्रो सदस्यको हत्या गर्न नसक्ने सुरुदेखि नै लागेको बताए।

उनले सुरुमा डाँका लागेर हत्या भएको अनुमान गरे पनि गरगहना र सम्पत्ति घरभित्रै फेला परेपछि भने हत्या रिसइबीका कारणले भएको हुन सक्ने शंका पैदा भएको बताए। 

‘पहाडको बस्ती पातलो हुन्छ। समयमै सबै कुरा थाहा हुँदैन। घटना भएकै दिन पनि हामीले निकै ढिलो थाहा पाएका थियौं’, उनले भने। जतिसुकै ठूलो दुस्मनी भए पनि यसरी वंशनाश हुने गरी हत्या गर्नु जघन्य अपराध रहेको उनको भनाइ छ। 

तेजबहादुर कार्की परिवारको ६ जनाको हत्यामा आफन्त नै संलग्न रहेको पाइएको छ। हत्यामा ४७ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीको संलग्नता रहेको प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यस्तै २६ वर्षीय लोकबहादुर कार्की पनि घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।

Metro Mart
vianet

हत्या भएको परिवार र अभियुक्त नजिकका आफन्त हुन्। मुख्य योजनाकार खडगबहादुर हत्या भएका तेजबहादुरका ठूलो बुवाको कान्छो छोरा हुन्। यस्तै ४९ वर्षीय रणबहादुर कार्की साइँलो छोरा। खड्गबहादुर र रणबहादुर दाजु भाइ हुन् भने हस्तबहादुर खड्गबहादुरका छोरा हुन्। लोकबहादु र नरेश रणबहादुरका छोरा हुन्। 

गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो। 

उनीहरूको बयानका आधारमा प्रहरी थप अभियुक्तलाई पक्राउ गर्न सफल भएको संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। पक्राउ परेकाहरूले घटनास्थलमा कसैले समातेको, कसैले हिर्काएको, कसैले मुख थुनेको साबिती बयान दिएको सुवेदीले बताए।
प्रहरीले घटनाको सातौं दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। त्यसको केही दिनपछि उनका भाइ नरेश पनि पक्राउ परेका थिए।

उनीहरूको बयानका आधारमा प्रहरी थप अभियुक्तलाई पक्राउ गर्न सफल भएको संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। पक्राउ परेकाहरूले घटनास्थलमा कसैले समातेको, कसैले हिर्काएको, कसैले मुख थुनेको साबिती बयान दिएको सुवेदीले बताए।

प्रहरीका अनुसार एकै परिवारका ६ सदस्यको टाउको तथा शरीरका विभिन्न भागमा चिर्पट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। 

घटनाका मुख्य योजनाकार खड्गबहादुर तथा हस्तबहादुर, रणबहादुर कार्की, नरेश कार्कीलाई नियन्त्रणमा लिई कारबाही प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ। लोकबहादुर भने यसअघि नै पक्राउ परिसकेका छन्।

घटना अनुसन्धानका अनुसन्धान गर्न १ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरूणकुमार बीसीको निर्देशनमा संघीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमान्डमा संखुवासभाका डीएसपी लालध्वज सुवेदीको टोली खटिएको थियो।

प्रकाशित: Sep 20, 2021| 14:49 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।