सोमबार, वैशाख २८, २०८३

भारतीय गृहमन्त्री अमित शाह कोरोना संक्रमणमुक्त

भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना संक्रमणमुक्त भएका छन्। उनले ट्वीटरमार्फत् यसबारे जानकारी दिएका छन्।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

एजेन्सी- भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना संक्रमणमुक्त भएका छन्। उनले आफूँ संक्रमणमुक्त भएकाेबारे ट्वीटरमार्फत् जानकारी दिएका छन्।

National life

उनले लेखेका छन्, ‘आज मेरो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।’

साथै उनले आफूँ संक्रमणमुक्त भएकोमा भगवानलाई धन्यवाद दिएका छन्।

उनले लेखेका छन्, ‘म ईश्वरलाई धन्यवाद दिन चाहन्छु र यो समयमा जजसले मेरो स्वास्थ्यलाभका लागि शुभकामना दिए, मेरो र मेरो परिवारजनको ढाडस बढाउने काम गरे उनीहरु सबैप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु।’

उनी डाक्टरहरुको सल्लाहअनुसार अझै केही दिन होम आइसोलेसनमा बस्ने पनि बताएका छन्।

शाह गत साउन १८ गते कोरोना संक्रमित भई अस्पताल भर्ना भएका थिए।

प्रकाशित: Aug 14, 2020| 18:05 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।