सोमबार, वैशाख २८, २०८३

युरोपमा फेरि फैलँदै कोरोना

कोरोना भाइरसको पहिलो लहरमा संंक्रमितको औषत उमेर ४९ वर्ष थियो । अहिले दोस्रो लहर सुरु हुँदै गर्दा संंक्रमितको औषत उमेर ३४ वर्ष छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

एजेन्सी- दुई महिनअघि जर्मनीले कोरोना संक्रमणलाई धेरै हदसम्म नियन्त्रणमा लिन सफल भएको थियो। त्यपछि इटली, स्पेन र फ्रान्सले पनि घातक महामारीबाट केही राहत पाए। तर, यी देशमा फेरि संक्रमण बढ्न थालेको छ।

National life

मे महिनाको अन्तिमसम्ममा कोरोना संंक्रमण दरलाई निकै तल पुर्‍याएको जर्मनीमा अहिले प्रत्येक दिन एक हजारभन्दा धेरै संक्रमित फेला पर्न थालेका छन्।

बुधबार जर्मनीमा २४ घण्टाभित्र १ हजार ४४५ संंक्रमित थपिए।

कोरोना भाइरसको पहिलो लहरमा संंक्रमितको औषत उमेर ४९ वर्ष थियो । अहिले दोस्रो लहर सुरु हुँदै गर्दा संंक्रमितको औषत उमेर ३४ वर्ष छ।

संंक्रमितको औषत उमेर कम हुँदा यो समाजमा अझ धेरै फैलने सम्भावना हुन्छ। किनभने युवा शारीरिक र सामाजिक रुपमा धेरै सक्रिय हुन्छन्। उनीहरु धेरै घुमफिर गर्छन्, धेरै मानिसको सम्पर्कमा पुग्छन्।

नयाँ ट्रेन्ड

बेल्जियमको राजधानी ब्रसेल्समा अहिले फेरि सार्वजनिक स्थलमा जाँदा मास्क लगाउन अनिवार्य गरिएको छ। नयाँ नियम अनुसार कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ।

स्वीडेनको राजधानी स्टकहोमस्थित युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलका अनुसार गएका केही हप्तादेखि लक्जमबर्ग र बेल्जियममा संक्रमितको संख्या बढ्दो छ।

उत्तरी स्पेन, रोमानिया, बुल्गारीया, माल्टा र लिस्बनमा पनि संक्रमण बढिरहेको छ।

जर्मनीको रोबर्ट कोख इन्स्टिच्युटले स्पेनको राजधानी म्याड्रिड र एन्टवर्पमा नजान जर्मन नागरिकलाई सल्लाह दिएको छ।
यद्यपि, जर्मनीका स्वास्थ्यमन्त्रीले अर्को वर्षको सुरुसम्म भ्याक्सिन बनिसक्ने बताएका छन्।
एएफपी

प्रकाशित: Aug 14, 2020| 13:28 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।