बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

६ जनाको ज्यान लिने संखुवासभा घटनाको यस्तो छ योजना र नालीबेली

२१ गते तेजबहादुरको पीपलेस्थित खेतमा खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत धान गोड्न जाने तयारीमा थिए। सोही क्रममा २० गते साँझ उनीहरूले योजना बनाएका थिए।
 |  सोमबार, असोज ४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं– संखुवासभाको मादी नगरपालिका–१  खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६  जनाको हत्या योजनाबद्ध रूपमा भएको निष्कर्ष प्रहरीले निकालेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा थप चारजनालाई पक्राउ गरेर अनुसन्धान गरेपछि यस्तो निष्कर्ष निकालेको हो। पक्राउ परेका  ४७ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीको बयानपछि प्रहरीले उनीहरुलाई सोमबार चैनपुरमा सार्वजनिक गरेको छ। यीमध्ये खड्गबहादुर घटनाको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ। 

triton college

योजना अघिल्लो रातको

भदौ २० गते राति लोकबहादुर कार्कीसहित पाँच जनाको समूहले उनकै घरमा हत्याको योजना बनाएको प्रहरी अनुसन्धानले औंल्याएको छ। २१ गते तेजबहादुरको पीपलेस्थित खेतमा खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की धान गोड्न जाने तयारीमा थिए। सोही क्रममा २० गते साँझ उनीहरूले योजना बनाएका थिए।

२१ गते बिहान तेजबहादुर कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी उनी र पत्नी कमला कार्कीको हत्या गर्ने योजना बनाएको अभियुक्तहरुको बयान उधृत गर्दै संखुवासभाका डीएसी लालध्वज सुवेदीले जानकारी दिए। उनले भने, ‘पहिला तेजकुमार र कमलाको हत्या गर्ने र अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेजबहादुरको घरमा भएको धनमाल समेत लैजाने योजना बनेको रहेछ।’ 

योजनाअनुसार मृतक तेजबहादुर कार्की खेताला आउने निश्चित गर्न खड्गबहादुर तेजबहादुरको घरमा गएका थिए। प्रहरीका अनुसार उनले तेजबहादुरलाई ‘लोकबहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नु’ भने। सोहीअनुसार तेजबहादुर लोकबहादुरको घरतिर जाँदै गर्दा खड्गबहादुर र हस्तबहादुर बाटोमा चिर्पट बोकी तयारी अवस्थामा थिए।

Metro Mart
vianet
तेजबहादुरले ‘लोकेले मार्‍यो, मलाई नमार’ भन्दै गुहार सुनेपछि उनकी श्रीमती ‘मेरो श्रीमानलाई नमार भन्दै आएकी थिइन्। सोही क्रममा लोकबहादुरले कमलालाई प्रहार गरेका थिए। उनको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेका थिए। बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारेका थिए। 

त्यसपछि तेजबहादुर कार्कीले लोकबहादुरलाई ‘अल्छी अझैसम्म उठेको छैनस्’ भन्दै कराए। उनले कराएपछि लोकबहादुर, उनका भाइ नरेश र बाबु रणबहादुर पनि उठेका थिए। पत्रकार सम्मेलनमा डीएसपी सुवेदीले भने, ‘घरबाट फर्कने क्रममा लोकबहादुरले भाइ नरेशलाई इसारा गरी आफू दाउराको चिर्पट र अलैंची काट्ने चक्कु बोकी पछिपछि गएर गोगनेको रुख नजिक तेजबहादुरको टाउकामा प्रहार गरी लडाएका थिए।’ त्यसपछि खड्गबहादुर र हस्तबहादुरले तेजबहादुरमाथि चिर्पट प्रहार गरेर डिलबाट लडाएका थिए। सोही क्रममा तेजबहादुरको मृत्यु भएको थियो। 


घटनापछि तेजबहादुरको घरमा भेला भएका गाउँले र आफन्त।

तेजबहादुरले ‘लोकेले मार्‍यो, मलाई नमार’ भन्दै गुहार सुनेपछि उनकी श्रीमती ‘मेरो श्रीमानलाई नमार भन्दै आएकी थिइन्। सोही क्रममा लोकबहादुरले कमलालाई प्रहार गरेका थिए। उनको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेका थिए। बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारेका थिए। अनि खड्गबहादुर, लोकबहादुृर र हस्तबहादुर मिलेर हत्या गरेका थिए। त्यसपछि रणबहादुर र नरेश मिलेर कमलाको लास भएको ठाउँमा लगेको प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

घटनाका बेला मृतक नाबालकहरू दिपेन र गोमासमेत घर नजिकैको बाटोमा आएको देखेपछि हस्तबहादुर र लोकबहादुरले बाटो छेकेका थिए। त्यसपछि लोकबहादुरले चिर्पटले हिर्काएका थिए भने घाँटी बटारेर हत्या गरेका थिए। अनि पाँचै जना जना अभियुक्त मृतकको घरतर्फ लागेका थिए। जहाँ ८४ वर्षीया पार्वती कार्की मकै नंग्गाइरहेकी थिइन्। हस्तबहादुरले ती वृद्धालाई समातेर घरपछाडि गोठ नजिक लगे, लोकबहादुरले टाउको भित्तामा ठोक्काए, घाँटी बटारे र हत्या गरिदिए। त्यसपछि सबै जना घटनामा प्रयोग भएको चिर्पट र छुरी लोकबहादुरको घरमा लिएर गए। रगत पखालेर छुरी धोए भने चिर्पट आगोमा डढाए। अनि रगत लागेका कपडा समेत लुकाएका थिए।  फर्कने क्रममा रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएको प्रहरीले जनाएको छ। 

उनले मोबाहइल स्विच अफ गरेर घरमुनिको ओडारमा लगेर लुकाएका थिए। त्यसपछि उनीहरुबीच कसैले सोधेमा घटनाका बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नभएको बताउने सहमति भएको थियो। प्रहरी आई पत्ता लगाएमा लोकबहादुरले मानसिक रोगको औषधि खाने गरेको र उनले नै जिम्मा लिने सल्लाह पनि उनीहरूबीच भएको प्रहरी अनुसन्धानले देखाएको छ। सोही आधारमा लोकबहादुरले पहिला घटनामा संलग्न भएको स्वीकार गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन्।

घटनामा संलग्न चारैजनालाई नियन्त्रणमा लिई अनुन्सधान भइरहेको डीएसपी सुवेदीले बताए। उनका अनुसार अनुसन्धानका क्रममा सबै अभियुक्तले घटना स्वीकार गरेका छन्। घटनामा प्रयोग भएको छुरी, कपडा, हराएको मोबाइल समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यस्तो रहेछ हत्याको कारण

खड्गबहादुर नियमित रक्सी खान्थे। उनी श्रीमती र परिवारका सदस्यलाई कुटपिट गरिरहन्थे। गाली गर्थे। यो देखेपछि तेजबहादुर ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनी हप्काउँथे। तेजबहादुरको यस्तो व्यवहार खड्गबहादुरलाई पनि मन पर्दैनथ्यो। उनी पनि बेलाबेलामा ‘तँलाई के मतलब तँलाई मार्छु’ भनी धम्क्याउँथे। 


घटनाका आरोपित लोकबहादुर कार्की।

यस्तै तेजबहादुरले लोकबहादुरलाई पनि ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्थे। हुन पनि लोकबहादुर वैदेशिक रोजगारीबाट फर्केपछि काममा त्यति जाँगर देखाउँदैनथे। यस्तै तेजबहादुरले नरेशलाई पनि ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने गर्थे। प्रहरीका अनुसार उनले रणबहादुरलाई समेत ‘तँ लठेब्रो केही गर्न सक्दैनस्’ भन्ने गरेका थिए। यसरी तेजबहादुरले हेपाइ नसहेपछि उनीहरू सबैले ईख पालेर बसेका थिए। घटनाका दिन अभियुक्तहरूसमेत मृतकको खेतमा धान गोड्न जानुपर्ने भएकाले सोही मौका छोपेर योजना बनाएका थिए।

खड्गबहादुर र रणबहादुर दाजु भाइ हुन् भने हस्तबहादुर खड्गबहादुरका छोरा हुन्। नरेश रणबहादुरका छोरा हुन्। यस्तै यसअघि पक्राउ परेका लोकबहादुर पनि रणबहादुरका छोरा हुन्। 

प्रकाशित: Sep 20, 2021| 12:56 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।