शुक्रबार, फागुन २९, २०८२

चीनमा आयातित फ्रोजन चिकनमा भेटियो कोरोना

चीनको सेनजेन सहरको प्रशासनले ब्राजिलबाट आयात गरिएको फ्रोजन चिकन विंग्सको सतहमा कोरोना भाइरस फेला परेको दाबी गरेको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

एजेन्सी- चीनको सेनजेन सहरको प्रशासनले ब्राजिलबाट आयात गरिएको फ्रोजन चिकन विंग्सको सतहमा कोरोना भाइरस फेला परेको दाबी गरेको छ।

National life

समाचार संस्था रोयटर्सका अनुसार सेनजेनका स्वास्थ्य अधिकारीले चिकन विंग्सको उक्त खेपको सम्पर्कमा आएका संभावित व्यक्तिहरुको ट्रेस र टेस्ट गर्दा उनीहरुमा भने संक्रमण नरहेको बताएका छन्।

कोरोना भाइरस भेटिएको ब्राण्डका अन्य उत्पादनको खोजी भइरहेको र ब्राजिलबाट आयात गरिएको चिकन विंग्स स्टोर गरिएका ठाउँहरुलाई निसंक्रमण गरिररहेको पनि अधिकारीले जानकारी दिएका छन्।

यद्यपि, विश्व स्वास्थ्य संगठनले खाद्द सामाग्रीको ओसारपसारबाट कोरोना भाइरस फैलने जोखिम नरहेको बताउँदै आएको छ।।

चीनको सीसीटीभीका अनुसार यसअघि आनहुई प्रान्तको रेष्टूराँमा इक्वाडोरबाट आयात गरिएको झिंगा माछामा पनि कोरोना भाइरस भेटिएको थियो।

Laxmi sunrise bank
kumari

माइनस २० डिग्री सेल्सियस तापक्रममा भाइरस दुई वर्षसम्म सक्रिय रहनसक्ने भए पनि वैज्ञानिक र डब्ल्यूएचओका अधिकारीले फ्रोजन फूडबाट कोरोना भाइरसको संक्रमण फैलिएको अहिलेसम्म प्रमाणित नभएको बताएका छन्।

‘खाद्द पदार्थको प्याकेजिङ, वितरणबाट कोरोना सर्छ भनेर डराउनु पर्दैन,’ डब्ल्यूएचओको आकस्मिक कार्यक्रमका प्रमुख माइक रेयानले प्रेस ब्रिफिङमा भनेका छन्।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट कम्तीमा ३१ लाख संक्रमित भइसकेका छन्। ब्राजिल अमेरिकापछि कोभिड– १९ बाट सबैभन्दा बढी प्रभावित देश हो।

हाल चीनमा कोरोना भाइरस नियन्त्रणमा आइसकेको छ। तर, न्यूजिल्याण्ड, दक्षिण कोरिया र अष्ट्रेलियामा जस्तै चीनमा पनि संक्रमणका नयाँ केसहरु देखिन थालेका छन्।

कोरोना भाइरसबाट विश्वभर दुई करोडभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन्। गएको आठ महिनामा संक्रमणबाट साढे सात लाख मानिसको मृत्यु भइसकेको छ। सबैभन्दा धेरै मृत्यु अमेरिका, ब्राजिल, मेक्सिको र भारतमा भएको छ।

प्रकाशित: Aug 14, 2020| 08:30 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।