बुधबार, चैत ४, २०८२

लाइप्जिक पहिलो पटक च्याम्पियन्स लिगको सेमीफाइनलमा

एट्लेटिको मड्रिडलाई हराउँदै जर्मन क्लब आरबी लाइप्जिक पहिलो पटक च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ। पोर्चुगलको लिस्बनमा सम्पन्न खेलमा लाइप्जिकले एट्लेटिकोविरद्ध २–१ गोलअन्तरको जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको हो।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

लाइप्जिक पहिलो पटक च्याम्पियन्स लिगको सेमीफाइनलमा

National life

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो। तर दोस्रो हाफको ५० औं मिनेटमा मार्सेल सबितजेरको पासमा ड्यानी आल्मोले हेडमार्फत् गोल गरे।

गोलपछि दबाबमा आएको एट्लेटिकोले ५८ औं मिनेटमा स्ट्राइकर जोआ फेलिक्सलाई मैदानमा उतार्यो। उनले नै ७० औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे। फेलिक्समाथी डि बक्समा फाउल भएपछि लाइप्जिकका लुकास क्लोस्टेर्मानले पहेंलो कार्ड पाएका थिए भने एट्लेटिकोले पेनाल्टी पाएको थियो।

फेलिक्सले पेनाल्टीमार्फत बरबरी गरे पनि अमेरिकी खेलाडी टालयर एडम्सको ८८ औं मिनेटको गोलले लाइप्जिकले जित निकाल्न सफल बन्यो। उनले एन्जेलिनोको पासमा नाटकिय गोल गर्दै लाइप्जिकलाई जित दिलाए।

स्थापनाको ११ वर्षमै ऐतिहासिक जित निकाल्न सफल लाइप्जिक पहिलो पटक सेमीफाइनलमा पुगेको हो। उसले सेमीफाइनलमा पेरिस सेन्ट जर्मेन(पीएसजी)को सामना गर्नेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 14, 2020| 08:11 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।