सोमबार, असार २९, २०८३

महेन्द्र सिंह धोनीको कोरोना रिपोर्ट नेगेटिभ, आईपीएल खेल्ने

चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीको कोरोना भाइरसको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीको कोरोना भाइरसको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

उनको स्वाब नमुना बुधबार लिइएको थियो। राँचीको गुरु नानक हस्पिटलस्थित माइक्रो प्रैक्सिस ल्याबका प्राविधिक टोलीले धोनीको फार्म हाउस गएर उनको स्वाब नमुना संकलन गरेको थियो।

यससँगै धोनीको आईपीएल खेल्ने बाटो खुला भएको छ। उनी सम्भवतः अगस्त १४ मा चेन्नई जानेछन्। त्यहाँ अभ्यास सत्रपछि चेन्नईको पूरै टिम युएई जानेछ।

टिम प्रबन्धकले धोनी तथा अन्य खेलाडीलाई चेन्नई लैजान चार्टर्ड फ्लाइटको व्यवस्था गरेको छ, ताकि धोनीको कोरोना संक्रमित भएको सबै आशंका हटाउन सकियोस्।

धोनीसँगै झारखन्डबाट चेन्नईका लागि खेल्ने अर्का खेलाडी मोनु कुमारको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। उनी पनि धोनीसँगै चेन्नईका लागि प्रस्थान गर्ने छन्।

त्यहाँबाट चेन्नईको टोली अगस्त २२ मा युएईतर्फ उडान भर्ने छन्।

आईपीएलका खेला सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म शारजाह, आबुधाबी तथा दुबईमा खेलिने छ।

बीबीसी

 

प्रकाशित: Aug 14, 2020| 05:47 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।