सोमबार, असार २९, २०८३

राष्ट्रिय टिमका फुटबल खेलाडीलाई कोरोना पोजेटिभ देखिएन

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको अभ्यासका लागि खेलाडी, प्रशिक्षक, अफिसियल र होस्टेल स्टाफ गरी ५४ जनाको कोरोना टेस्ट गराएको थियो। जसमा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं– गत सोमबार र मंगलाबार परीक्षण गरिएका ३४ जना फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। सोमबार टेस्ट गरिएका ११ खेलाडीको हिजो (बुधबार) नेगेटिभ रिजल्ट आएको थियो भने बाँकी २३ खेलाडीको रिपोर्ट आज आएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको अभ्यासका लागि खेलाडी, प्रशिक्षक, अफिसियल र होस्टेल स्टाफ गरी ५४ जनाको कोरोना टेस्ट गराएको थियो। जसमा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

एक जनाको भने पुनः टेस्ट गर्नुपर्ने एन्फाले बताएको छ। उनको रिपोर्ट प्राविधिक कारणले छिटै सार्वजनिक गर्न नसकिएको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए। ‘प्राविधिक कारण वा के कारणले हो, हामीले एक जनाको रिपोर्ट पाएका छैनौं। आएपछि सार्वजनिक गर्नेछौं,’ राष्ट्रिय टिमका व्यवस्थापक उपाध्यायले भने।

यता, एसियाली फुटबल महासंघ (एएफसी)ले बुधबार दोस्रोपटक विश्वकप २०२२ र एसियाक कप २०२३ क्वालिफायरका खेल स्थगित भएको सूचना जारी गरेपछि काठमाडौं आएका खेलाडी घर फर्कन थालेका छन्।

अभ्यासका लागि कोरोना टेस्ट गरेर रिपोर्ट नेगेटिभ आइसकेका खेलाडी घर फर्किएका हुन्। पहिलो पटक गत चैतमा आयोजना हुने क्वालिफायरका खेल कोरोना महामारीका कारण असोज र कात्तिकमा सारिएको थियो।

तर महामारी कम नभएका कारण सबै देशमा प्रतियोगिता गराउन सकिने स्थिति नभएको भन्दै एएफसी र विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतियोगिता स्थगित गरेको छ।

साथै काठमाडौं बाहिरबाट आएका खेलाडी सबैलाई घर पठाइसकिएको व्यवस्थापक उपाध्यायले बताएका छन्।

 

प्रकाशित: Aug 13, 2020| 18:22 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।