सोमबार, असार २९, २०८३

क्लबमा बस्ने वा नबस्ने निर्णय आफैं गर्छु : ओजिल

इंग्लिस क्लब आर्सनलका मिडफिल्डर मेसुट ओजिलले सम्झौताको अन्तिम दिनसम्म पनि क्लबमै बस्ने बताएका छन्।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

लन्डन– इंग्लिस क्लब आर्सनलका मिडफिल्डर मेसुट ओजिलले सम्झौताको अन्तिम दिनसम्म पनि क्लबमै बस्ने बताएका छन्।

३१ वर्षे खेलाडी ओजिलले कोरोना महामारीपछि जुनमा फर्किएको प्रिमियर लिगका कुनै खेलमा अवसर पाएका छैनन्। जहाँ प्रशिक्षक माइकेल आर्टेटाले फुटबलको नियमलाई पालना गर्दै उनलाई मैदानमा नउतारेको भनेर क्लबको बचाउ गर्दै आएका छन्।

कोरोना महामारीका कारण आर्थिक समस्यामा परेको भन्दै गत अप्रिलमा क्लबले १२.५ प्रतिशत तबल कटौती गरेको थियो। तर हप्ताको तीन लाख ५० हजार पाउन्डमा सम्झौता गरेका ओजिलले ‘तलब कटौती’मा असहमति जनाएका थिए।

‘मलाई आर्सनल मनपर्छ, क्लबमा पनि अवस्था परिवर्तन हुँदै जान्छ,’ उनले भनेका छन्, ‘त्यसैले कहिले क्लब छोड्ने त्यसको निर्णय म आफैं लिन्छु, अरु मानिसले होइन।’

‘मसँग भएको सबैकुरा म क्लबलाई दिनेछु,’ उनले थपे, ‘यस्ता कुनै अवस्थाले मलाई टुक्र्याउन सक्दैन, अझै दह्रो बनाउँछ। म टिममा कमब्याक गर्नेछु र देखाउनेछु।’

ओजिल सन् २०१३ मा ४२.४ मिलियन पाउन्डमा आर्सनल गएका थिए। तर प्रशिक्षक उनइ एम्रीसँग उनको सम्बन्ध जम्न सकेन। पछिल्लो सिजनको सुरुमा आर्टेटा क्लबमा आएपछि भने उनले सुरुका १० खेल पहिलो रोजाइका खेलाडी बनेर खेलेका थिए।

तर, कोरोना महामारीका कारण प्रिमियर लिग तीन महिना स्थगित बनेपछिका १३ खेलमध्ये उनले कुनै खेलमा सहभागिता जनाएका छैनन्।

–बीबीसी

प्रकाशित: Aug 13, 2020| 17:49 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।