बिहीबार, वैशाख ३१, २०८३

‘ब्राजिलबाट आयात गरिएको चिकेनमा पनि कोरोना भाइरस’

चीनमा ब्रजिलबाट आयात गरिएको फ्रोजन चिकेनमा कोरोना भाइरस भेटिएको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

एजेन्सी- चीनमा ब्रजिलबाट आयात गरिएको फ्रोजन चिकेनमा कोरोना भाइरस भेटिएको छ।

National life

इक्वेडरबाट आयातित खाद्य वस्तुमा कोरोना भेटिएको दाबी गरेको केही समयमा चीनमा ब्रजिलबाट आयात गरिएको चिकेन (कुखुराको मासु) मा कोरोना भाइरस भेटिएको समाचार सार्वजनिक भएको हो।

यो घटनापछि चीनको शेन्जेन सहरमा ग्राहकहरुलाई चिकेन खरिद गर्दा र खाँदा साबधान रहनसमेत सूचित गरिएको छ।

कोरोना भाइरसको महामारी सुरु भएपछि चीनले गत जुनदेखि ब्रजिललगायत थुप्रै देशबाट मासु आयातमा प्रतिबन्ध लगाएको थियो।

तर केही समयपछि नै चीनले उक्त निर्णय फिर्ता लिएको थियो। सेन्जेनको स्थानीय डिजिज कन्ट्रोल सेन्टर सीडीसीले नियमित जाँचका क्रममा ब्रजिलबाट आयात गरिएको चिकेनमा कोरोना पोजेटिभ पाइएको दाबी गरसेको छ।

यो भनाइलाई पुष्टि गर्न चीनले ब्रजिलबाट आएको अन्य खाद्य सामग्रीको कारोना रिपोर्ट भने नेगेटिभ पाइएको बताएको छ।

यसअघि चीनको शानदोङ प्रान्तको उत्तरी सहर यान्ताईमा आयातित एक खाद्य सामग्रीका केही प्याकेटमा कोरोना भाइरस भेटिएको थियो।

साथै चीनको एक सरकारी संचारमाध्यमले बुधबार वुहु सहरमा एक्वेडरबाट आएको एउटा खाद्य सामग्रीको प्याकेटमा कोरोना भाइरस भेटिएको बताएको थियो।
यो समाचार रोयटर्सलगायत विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा तयार पारिएको हो।

प्रकाशित: Aug 13, 2020| 17:45 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।