शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कमलालाई ओबामाको शुभकामना, बन्लिन् पहिलो महिला अमेरिकी उपराष्ट्रपति ?

कमलालाई ओबामाको शुभकामना, बन्लिन् पहिलो महिला अमेरिकी उपराष्ट्रपति ?

५५ वर्षीया कमला क्यालिफोर्नियाको ओक्लान्डामा जन्मिएकी हुन्। उनकी आमा भने भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं– अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने निर्वाचनमा सांसद कमला ह्यारिस डेमोक्र्याटिक पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी छन्।

National life

कमलाले वर्तमान उपराष्ट्रपति माइक पेन्ससँग आगामी अक्टोबर ७ मा सल्ट लेक सिटी, युटामा बहस गर्नेछिन्।

क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी कमलाले केही समयअघि अमेरिकामा भएको रंगभेदविरुद्धको प्रदर्शनमा साथ दिएकी थिइन्। यसबीच उनले राज्यको मानसिकता र प्रहरीको व्यवहारमा व्यापक सुधारको खाँचो रहेको बताएकी थिइन्।

पहिलो अश्वेत उम्मेदवार कमला क्यालिफोर्नियाकी सांसद हुन्। भारतीय–जमैकन मूलकी कमला यसअघि राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चलेको थियो। तर, उनी गत डिसेम्बरमा राष्ट्रपतिको उम्मेदवारबाट ‘ब्याक’ भएर उपराष्ट्रपतिको उम्मेदवार बन्न तयार भएकी थिइन्।

५५ वर्षीया कमला क्यालिफोर्नियाको अक्लान्डामा जन्मिएकी हुन्। उनकी आमा भारतमा जन्मिएकी हुन् भने पिता जमैकामा।

Laxmi sunrise bank
kumari

आमा र बुवा छुट्टिएपछि कमला आमासँग हुर्किएकी थिइन्। लसएन्जल्स टाइम्सले लेखेको छ, ‘कमलाको हजुरबुवा पीभी गोपालियन भारतको स्वतन्त्रता आन्दोलनमा लडेका योद्धा हुन्।’

कमलाले आफ्ना हजुरबुवा संसारका सबैभन्दा प्रिय व्यक्ति भएको हालै एक अन्तर्वार्तामा बताएको लसएन्जल्सले उल्लेख गरेको छ।

हजुरबुवा, हजुआमा र बहिनीको साथमा कमला ह्यारिस (बायाँ पछाडि) तस्बिरः लसएन्जल्स् टाइम्स।

कमलाले हार्वर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन्। डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिको लागि जो बाइडेन उम्मेदवार बनेका छन्। उनले कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार चयन गरेकोमा आफूलाई गर्व लागेको बताउँदै एक साहसी र नागरिकको सेवा गर्ने असल व्यक्ति भएको बताएका छन्।

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले कमला उपराष्ट्रपतिको लागि योग्य उम्मेदवार भएको बताएका छन्। ट्विटरमा ओबामाले लेखेका छन्, ‘कमलाले संविधानको रक्षा र नागरिकको स्वतन्त्रताको लागि आफ्नो जीवन समर्पण गरेकी छन्। यो मुलुकको लागि शुभ दिन हो। उनको उम्मेदवारीलाई साथ दिऔं।’

अमेरिकामा हालसम्म अन्य दुई जना महिलामात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेका छन्। दुवैजनाले चुनाव जित्न सकेनन्।

सन् २००८ मा रिपब्लिकन पार्टीकी साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटिक पार्टीकी जेरल्डिन फरारो उम्मेदवार बनेका थिए।

प्रकाशित: Aug 13, 2020| 12:54 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।