सोमबार, असार २९, २०८३

महिला टी–२० क्रिकेटमा जर्मनीको सानदार जित

अष्ट्रिया भ्रमणमा रहेको जर्मनीले सिबर्न क्रिकेट सेन्टरमा सम्पन्न महामारीपछिको पहिलो खेलमा सानदार जित निकालेको हो।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

अष्ट्रिया– पाँच महिनापछि मैदान फर्किएको पहिलो महिला टी–२० क्रिकेटमा जर्मनीले अष्ट्रियामाथि ८२ रनको सानदार जित निकालेको छ।

अष्ट्रिया भ्रमणमा रहेको जर्मनीले सिबर्न क्रिकेट सेन्टरमा सम्पन्न महामारीपछिको पहिलो खेलमा सानदार जित निकालेको हो।

जर्मनी–अष्ट्रिया सिरिजको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जर्मनीले पूरा २० ओभर खेल्दै मात्र २ विकेटको क्षतिमा १६५ रन बनायो। १६६ रनको लक्ष्य पछ्याएको अष्ट्रियाले १९ ओभरमै सबै विकेट गुमाएर ८३ रनमात्र जोडेपछि जित जर्मनीको पक्षमा परेको हो।

जर्मनीको इनिङमा क्रिस्टिना गौफले ७२ रनको अर्धशतकीय पारी खेलिन्। उनले ६२ बलमा ९ चौकासहित ७२ रन बनाइन् भने कप्तान अनुराधा डोड्डाबल्लापुरले अविजित रहँदै ३० बलमा ४० रनको योगदान दिइन्। साथै जर्मनीलाई २१ रन अतिरिक्त प्राप्त भयो।

अष्ट्रियाका रेजर्ता अभ्दिलाजल र स्ल्याविया कैलाठले समान १–१ विकेट लिए। जवाफी ब्याटिङमा अष्ट्रियाली कप्तान अन्द्रिया–माय जपेडाले ३५ रन बनाइन् भने अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। खेलमा अष्ट्रियालाई २७ रन अतिरिक्त प्राप्त भएको थियो।

यता जर्मनकी इमा बाग्र्ना र अस्मिता कोहलीले समान ३–३ विकेट टिए भने मिलेन बेरेस्फर्डले २ विकेट लिइन्। बुधबारबाट सुरु भएको पाँच टी–२० खेलको को सिरिज आगामी अगस्ट १५ सम्म चल्नेछ।

फेब्रुअरीमा सम्पन्न महिला विश्वकप २०२० को फाइनल यता महिला क्रिकेटका खेल हुन सकेका थिएनन्। सो फाइनल खेलमा आयोजक अष्ट्रेलियाले भारतलाई हराउँदै पाँचौ पटक विश्वकप विजेता बनेको थियो।

प्रकाशित: Aug 13, 2020| 11:47 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।