सोमबार, असार २९, २०८३

एटलान्टालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनमा

काठमाडौं– पोर्चुगलको राजधानी लिस्बनमा बुधबार राति सम्पन्न खेलमा एटलान्टालाई हराउँदै पेरिस सेन्ट जर्मेन(पीएसजी) च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं– पोर्चुगलको राजधानी लिस्बनमा बुधबार राति सम्पन्न खेलमा एटलान्टालाई हराउँदै पेरिस सेन्ट जर्मेन(पीएसजी) च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ।

लिस्बनको दा लुइज रंगशालामा सम्पन्न खेलमा पीएसजीले २–१ गोलअन्तरको जित निकालेको हो।

पीएसजीको जितका लागि माक्र्विन्होस र एरिक म्याक्सिमले १–१ गोल गरे। तर खेलको २६ औं मिनेटमा एटलान्टाका मारिया पासालिकले गोल गर्दै एटलान्टालाई सुरुवाती अग्रता दिलाए। उने दिलाएको अग्रतासँगै पहिलो हाफमा इटालियन क्लब एक गोलले अघि रह्यो।

यता खेलको निर्धारित समयको अन्तिम मिनेटमा माक्र्विन्होसले गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरी लगत्तै म्याक्सिमले अर्को गोल थपे। म्याक्सिमको गोलसँगै पीएसजीले २–१ को अग्रतामा खेल जित्यो।

प्रतिस्पर्धि एटलान्टा भने क्वार्टरफाइनलाट बाहिरिएको छ। च्याम्पियन्स लिगमा अब इटालीका सबै क्लब बाहिरिसकेका छन्।

च्याम्पियन्स लिग अन्तर्गत आजको खेलमा जर्मन क्लब आरबी लाइप्जिकले स्पेनिस क्लब एट्लेटिको मड्रिडको सामना गर्नेछ।

प्रकाशित: Aug 13, 2020| 08:40 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।