सोमबार, वैशाख २८, २०८३

बेलायतमा आर्थिक मन्दीसँगै मानसिक समस्या बढ्दो

रोयल कलेज अफ साइकियाट्रिस्टका अध्यक्ष डा. एड्रियन जेम्सका अनुसार आर्थिक मन्दीको खबरसँगै बेलायतीहरुमा मानसिक समस्या देखिएको हो।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

कोरोना महामारी तथा लामो समयको लकडाउनका कारण बेलायतमा आर्थिक मन्दी छाउनुका साथै मानसिक स्वास्थ्यमा पनि समस्या देखिएको छ।

National life

रोयल कलेज अफ साइकियाट्रिस्टका अध्यक्ष डा. एड्रियन जेम्सका अनुसार आर्थिक मन्दीको खबरसँगै बेलायतीहरुमा मानसिक समस्या देखिएको हो।

आर्थिक मन्दीका कारण स्वास्थ्य तथा सामाजिक क्षेत्रमा रहेको गैर–बराबरी झन् बढ्ने र त्यसले थप मानसिक समस्या ल्याउने डा. जेम्सले बताएका छन्।

जेम्स भन्छन्, ‘जो पहिलेदेखि नै बेरोजगार छन्, गरिबीमा बाँचिरहेका छन्। परिवार पाल्नुपर्ने युवा, काला जातिका तथा एसियाली र नश्लीय अल्पसंख्यकहरु धेरै प्रभावित हुने सम्भावना छ।’

भयावह परिणामबाट बच्न सरकारले मानसिक स्वास्थ्य तथा सामाजिक कल्याणकारी सेवामा खर्च बढाउनुपर्ने सुझाव उनले दिएका छन्।
–बीबीसी

प्रकाशित: Aug 13, 2020| 06:37 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।