सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • मादी हत्याकाण्डका मुख्य योजनाकार खड्‌गबहादुर कार्की सहित चार पक्राउ

मादी हत्याकाण्डका मुख्य योजनाकार खड्‌गबहादुर कार्की सहित चार पक्राउ

संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डमा मुख्य योजनाकार सहित थप चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं– संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डमा मुख्य योजनाकार सहित थप चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले अनुसन्धानका क्रममा चारै जनालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरिएको जानकारी दिए। 

National life

४७ वर्षीय खड्गबहादुर कार्की घटनाका मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ। त्यस्तै २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की पक्राउ परेका छन्। 

घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।  नियन्त्रणमा लिएको अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको डीएसपी सुवेदीले बताए।  लोकबहादुरले दिएको बयानका आधारमा थप चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा लोकबहादुरका भाइ नरेश र उनका बुवा रनबहादुर कार्की छन्। यस्तै उनीहरूसँगै छिमेरकी खड्कबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पक्राउ गरिएको डीएसपी सुवेदीले बताए। उनीहरूले अपराध स्वीकार गरिसकेको उनले जानकारी दिए।
प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रमा पुगेको थियो। घटनाबारे थप प्रमाण फेला परेपछि संघीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरीसहित छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरेको थियो। 

गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो। 

सङ्खुवासभा प्रहरीले घटनाको सातौं दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो। सो मोबाइल लोकबहादुरको घरमा फेला परेको थियो।


Shivam cement

प्रकाशित: Sep 20, 2021| 11:31 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।