काठमाडौं– त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ब्याड्मिन्टनका खेलाडी र अफिसियलको कोराना परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, ब्याड्मिन्टन प्रशिक्षक चोई सिउंग कुकसहित २०० जनाको कोरोना परीक्षण सुरु गरिएको राखेपले जनाएको छ। स्वाब संकलनमा महिला खेलाडीतर्फ अनु राई, सीता राई, रशिला महर्जन, शोभा गौचन, अमिता गिरी र रोज पाण्डेको परिक्षण गरिएको छ।
त्यस्तै परीक्षण गराउनेमा पुरुषतर्फ प्रिन्स दाहाल, रत्नजित तामाङ, बिष्णु कटुवाल, विजित थापा मगर, साजन कुमार ताम्रकार, जीवन आचार्य, पबिन लिंगथेप, प्रफुल्ल महर्जन, रुकेश महर्जन, सुनिल जोशी, निराजन बिक्रम शाही र सुमन लिम्बु लगायत छन्।
ब्याडमिन्टन तर्फका १९ जनाको परीक्षण भएको हो।