शनिबार, असार ७, २०८२

यो वर्ष सबैभन्दा बढी कमाइ गर्ने १० सेलिब्रेटी

फोर्ब्सले सन् २०२० मा सबैभन्दा धेरै कमाइ गर्ने सेलिब्रेटी (फिल्मी स्टार) हरुको सूची सार्वजनिक गरेको छ।
 |  बुधबार, साउन २८, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

vianetvianet

काठमाडौं- फोर्ब्सले सन् २०२० मा सबैभन्दा धेरै कमाइ गर्ने सेलिब्रेटी (फिल्मी स्टार) हरुको सूची सार्वजनिक गरेको छ।

यो वर्ष सबैभन्दा बढी पैसा कमाउने स्टार डब्ल्यूडब्ल्यूई का सुपरस्टार द रक बनेका छन्।

गत वर्ष पनि द रक नै विश्वमा सबैभन्दा बढी पैसा कमाउने स्टारको सूचीमा नम्बर १ मा थिए।

फोर्ब्सले यो लिस्ट जुन २०१९ देखि जुन २०२० को समयको कमाइको विवरणका आधारमा तयार पारेको हो।

द रकको कमाइ यो अवधिमा ८ करोड ७५ लाख डलर छ।

यस्तै दोस्रो नम्बरमा रायन रेनाल्ड्स परेका छन्। उनको कमाइ यो वर्ष ७ करोड १५ लाख डलर छ।

यसैगरी मार्क वाल्बर्ग ५ करोड ८० लाख डलरसहित तेस्रो नम्बरमा छन्। बेन अफ्लेक ५ करोड ५० लाख डलर कमाएर चौथो नम्बरमा छन् भने ५ करोड ४० लाख डलरसहित विन डिसेल पाँचौँ नम्बरमा छन्।

भारतीय अभिनेता अक्षय कुमार ४ करोड ८५ लाख डलर कमाइ गर्दै छैटौँ नम्बरमा परेका छन्।

चार करोड ५५ लाख डलर कमाइसहिमत लिन म्यानुएल मिरान्डा ४ करोड ५५ लाख डलरसहित सातौँ नम्बरमा पर्दा ४ करोड ४५ लाख डलर कमाइसहित यो वर्ष विल स्मिथ आठौँ नम्बरमा परेका छन्।

यस्तै ३ करोड १० लाख डलर कमाइ गर्दै एडम स्यान्डलेर नबौँ र ३ करोड डलर कमाइसहित ज्याकी चेन दसाै‌ँ नम्बरमा परेका छन्।

प्रकाशित: Aug 12, 2020| 18:25 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्