सोमबार, असार २९, २०८३

सोमबार गरिएको परीक्षणमा सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

नेपाली राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाको कोरोना नेगेटिभ आएको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाको कोरोना नेगेटिभ आएको छ।

राष्ट्रिय टोली तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार गराएको कोरोना परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो।

पाटन अस्पतालमा सोमबार ११ खेलाडीसहित १ जना फिजियो, १ प्रशिक्षक र १२ जना होस्टेल स्टाफले कोरोना परीक्षण गराएका थिए।

सोमबार जाँच गराउनेमा किरण श्रेष्ठ (प्रशिक्षक), अभिशेक पुडासैनी (फिजियो), रन्जित धिमाल, मिक्छेन तामाङ, विशाल राई, रवी शंकर पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोप्ताङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटी थिए।

सरकारले भदौ १ गतेदेखि सबै खेलका राष्ट्रिय खेलाडीका लागि प्रशिक्षणको अनुमति दिएपछि एन्फाले साउन १६ गतेभित्र खेलाडीलाई एन्फा एकेडेमीमा उपस्थित हुन निर्देशन दिएको थियो। सोहीबमोजिम सबै खेलाडी काठमाडौं आएर क्वारेन्टिनमा बसेका छन्।

तर आज बुधबार एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले सूचना जारी गर्दै आगामी असोज र कार्तिकमा हुने विश्वकप २०२२ र एसिया कप २०२३ का सबै छनोट खेल स्थगित गरेको छ।

यसअछि नेपालले असोज २२ गते चाइनिज ताइपेई, असोज २७ मा अस्ट्रेलिया र कात्तिक २७ मा जोर्डनसँग खेल्ने तय थियो। समूह बीमा रहेको नेपाल समूहको चौथो स्थानमा छ।

जोखिमका कारण एन्फा कार्यालय एक हप्ता बन्द

सातदोबाटोस्थित एन्फाको कार्यालय एक हप्ताको लागि बन्द हुने भएको छ। कोरोनाको बढ्दो महामारीका कारण एन्फाले आफ्नो कार्यालय एक हप्ताको लागि बन्द गर्न लागेको हो।

अब एन्फा कार्यालय एक भाद्र ३ गतेसम्म बन्द रहनेछ। साथै एन्फाले बाँकी कामहरु घरबाटै सम्पन्न गर्ने पनि जनाएको छ।

प्रकाशित: Aug 12, 2020| 16:45 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।