सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सागमा सहभागी ३ पाकिस्तानी खेलाडी डोपिङ प्रकरणमा ४ वर्षलाई निलम्बित

सागमा सहभागी ३ पाकिस्तानी खेलाडी डोपिङ प्रकरणमा ४ वर्षलाई निलम्बित

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी पाकिस्तानी खेलाडी शक्तिबद्र्धक औषधि सेवन (डोपिङ) प्रकरणमा दोषी पाइएका छन्।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी पाकिस्तानी खेलाडी शक्तिबद्र्धक औषधि सेवन (डोपिङ) प्रकरणमा दोषी पाइएका छन्।

उनीहरु विश्व एन्टी डोपिङ कोड २०१५ र दक्षिण एसिया ओलम्पिक काउन्सिल–एन्टी डोपिङ नियमको दफा ७.१.१ अनुसार उनीहरुलाई ४ वर्षको प्रतिबन्ध गरिएको छ।

निलम्बन हुनेमा एथ्लेटिक्सका स्वर्ण विजेता मोहम्मद नदिम (११० मि. हर्डल) र मेहेबुब अलि (४०० मि.) साथै काश्य विजेता सामी उल्लाह (१०० मि.) छन्।

सागका ३ पदकधारी पाकिस्तानी खेलाडी डोपिङ टेस्टमा फेल, ४ वर्षको प्रतिबन्ध हुनसक्ने

तीन जनाको टेस्ट गरिएकोमा मोहम्मद र मेहेबुबले पुनः बी नमुना परीक्षण गराएका थिए। दोस्रो टेस्टमा पनि पोजेटिभ आएपछि उनीहरु चार वर्षको प्रबिन्धमा परेका हुन्। उनीहरुलाई सन् २०१३ डिसेम्बर २ तारिखसम्म निलम्बन गरिएको छ।

डोपिङबारे सागमा नियमन गर्ने टोलीले गत जेठमै डोपिङ पोजेटिभ आएको खबर पाकिस्तानलाई पठाएको थियो।

विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) को नियमअनुसार खेलाडीलाई डोपिङबारे प्रश्न सोधिएको थियो सो प्रश्नबाट पनि उनीहरुले प्रतिबिन्धत औषधि नदिएको प्रमाणित हुन नसकेपछि ४ वर्षको प्रतिबन्ध लागेको हो।

सागमा पाकिस्तानले ३२ स्वर्णसहित १३२ मेडल जितेको थियो। प्रतियोगिता अघिल्लो वर्षको मंसिर १५ गतेबाट २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन भएको थियो।

प्रकाशित: Aug 12, 2020| 15:55 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।