सोमबार, असार २९, २०८३

विश्वकप छनोट खेल एक वर्षका लागि स्थगित

विश्वकप फुटबल प्रतियोगिताका छनोट खेल एक वर्षका लागि स्थगित गरिएको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं – विश्वकप फुटबल प्रतियोगिताका छनोट खेल एक वर्षका लागि स्थगित गरिएको छ।

कोरोना महामारीका कारण एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गर्ने निर्णय बुधबार गरेको हो।

एएफसीको यो निर्णयसँगै आगामी असोज–कात्तिकमा तय भएका विश्वकप छनोट खेल र एसियन कप छनोटका बाँकी खेल स्थगित भएका छन्।

विश्वकप छनोटअन्तर्गत नेपालले असोज २२ गते चाइनिज ताइपेईसँग, असोज २७ मा अस्ट्रेलिया र कात्तिक २७ मा जोर्डनसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका थियो।

समूह बीमा रहेको नेपाल समूहको चौथो स्थानमा छ।

एन्फाले भदौ १ देखि छनोट खेलका लागि अभ्यास खेलकाे कार्यतालिका तय गरेको छ। खेलका लागि राष्ट्रिय फुटबल टोलीका सबै सदस्य काठमाडौंमा क्वारेन्टिनमा छन्।

खेलाडी र अफिसियलको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिसकिएको छ।

एन्फाले भने अभ्यास खेलका बारेमा केही निर्णय गरिसकेको छैन। एन्फा प्रवक्ता किरण राईले भने, ‘यसबारे हामी चाँडै निर्णय गर्नेछौं।’

नेपाल सरकारले पनि अध्यास खेल अनिश्चित कालसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।  

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले अर्को सूचना नआएसम्म अभ्यास खेल स्थगित गर्ने निर्णय भएको बताएका थिए।

प्रकाशित: Aug 12, 2020| 12:55 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।