सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोपा लिग : डोनेट्स र सेभिया सेमीफाइनलमा, अन्तिम ४ को समीकरण पूरा

युरोपा लिग : डोनेट्स र सेभिया सेमीफाइनलमा, अन्तिम ४ को समीकरण पूरा

युरोपा लिगको क्वार्टरफाइनलका सबै खेल पूरा भएका छन्। गएराति सख्तर डोनेट्स र बसेलका साथै अर्को खेलमा वुल्भ्सविरुद्ध सेभियाले खेलेसँगै क्वार्टरफाइनलका प्रतिस्पर्धा सकिएका हुन्।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं– युरोपा लिगको क्वार्टरफाइनलका सबै खेल पूरा भएका छन्। गएराति सख्तर डोनेट्स र बसेलका साथै अर्को खेलमा वुल्भ्सविरुद्ध सेभियाले खेलेसँगै क्वार्टरफाइनलका प्रतिस्पर्धा सकिएका हुन्।

गएरातिको पहिलो खेलमा डोनेट्सले बसेललाई ४–१ गोल अन्तरले हराउँदै सेमीफाइनल पुगेको छ। जर्मनको भेल्टिनास रंगशालामा सम्पन्न खेलमा डोनेट्सका जुनियर मोरेस, टाइसन, आलन पेट्रिक र डोमिल्सन सान्तोसले एक–एक गोल गरे।

खेलको दोस्रो, २२, ७५ र ८८ औं मिनेटमा क्रमशः मोरेस, टाइसन, मेट्रिक र सान्तोषले गोल गरे। यता खेलको अतिरिक्त समयमा बसेलका रिकी वानले सान्त्वना गोल गरे।

त्यस्तै, गएराति नै सम्पन्न अर्को खेलमा सेभियाले वुल्भ्सलाई १–० गोल अन्तरले हराएको छ। जर्मनीको एमभीएस एरिना रंगशालामा सम्पन्न खेलमा जितका लागि लुकास ओक्याम्पोसले निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरी बनेको खेलमा लुकासले ८८ औं मिनेटमा निर्णायक गोल गर्दै सेभियालाई जित जिलाए।

जितसँगै सेभिया र डोनोट्स युरोपा लिगको सेमीफाइनल पुगेका छन् भने बसेल र वुल्भ्स अन्तिम ८ बाटै बाहिरिएका छन्।

सेमीफाइनल समीकरण

अगस्त १७ : सेभिया र म्यानचेस्टर युनाइटेड, राति पौने १ बजे

अगस्त १८ : इन्टर मिलान र डोनेट्स, राति पौने १ बजे

प्रकाशित: Aug 12, 2020| 09:48 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।