सोमबार, असार २९, २०८३

सिमिकास लिभरपुलमा अनुबन्धन

अनुबन्धनपछि कोस्तासले आफू विश्वकै प्रतिष्ठित र ठूलो क्लबमा आइपुगेको बताएका छन्। ‘म धेरै खुसी छु, साथै क्लबमा अनुबन्धित भएकोमा गौरवान्वित पनि छु,’ उनले भने।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

लिभरपुल– इंग्लिस क्लब लिभरपुलले लेफ्ट ब्याक कोस्तास सिमिकासलाई क्लबमा अनुबन्धन गरेको छ। ओलम्पिकाओसबाट खेल्दै आएका कोस्तासलाई प्रिमियर लिग (ईपीएल) च्याम्पियन क्लबले ११.७ मिलियन पाउन्डमा अनुबन्धन गरेको हो।

अनुबन्धनपछि कोस्तासले आफू विश्वकै प्रतिष्ठित र ठूलो क्लबमा आइपुगेको बताएका छन्। ‘म धेरै खुसी छु, साथै क्लबमा अनुबन्धित भएकोमा गौरवान्वित पनि छु,’ उनले भने।

आफू क्लबमा अनुबन्धन हुनु गर्वको कुरा रहेको बताउँदै सिमिकासले क्लबमा उत्कृष्ट खेल प्रदर्शन गर्न प्रयास गर्ने बताएका छन्। जारी विन्डोमा लिभरपुलमा अनुबन्धन हुने सिमिकास पहिलो खेलाडीसमेत हुन्। उनको सम्झौता अब पाँच वर्षसम्मका लागि रहनेछ।

सिमिकास २०१५ मा ओलम्पिकाओसमा अनुबन्धन भएर त्यहाँबाट ८६ खेल खेलिसकेका छन्। उनले गत सिजनमा पनि २७ खेल खेलका छन्।

सिमिकासलाई अनुबन्धन गरेपछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भने, ‘हामीले लामो समयबाट कोस्तासलाई हेरिरहेका छौं, उनले क्लब जोइन गरेकोमा हामी खुसी छौं। उनी जितको मानसिकता भएका महत्वकांक्षी फुटबलर समेत हुन्।’

प्रकाशित: Aug 11, 2020| 17:43 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।