काठमाडौं– संक्रमणमुक्त भएको १०२ दिनपछि न्युजिल्याण्डमा कोरोना भाइरसको नयाँ संक्रमण देखिएको छ।
न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयका अनुसार अष्ट्रेलियाबाट आएका २० वर्षीय युवकमा कोरोना भाइरस संक्रमण देखिएको हो।
उनी ३० जुलाईमा अष्ट्रेलियाको मेलर्बनबाट न्युजिल्याण्ड गएका थिए। मेलबर्नबाट आएको तीन दिनपछि परीक्षण गर्दा उनमा पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो। क्वारेन्टिनमा राखिएका युवकको १२ औं दिनमा मंगलबार पुनः परीक्षण गर्दा भाइरसको संक्रमण देखिएको हो।
योसँगै न्युजिल्याण्डमा कुल कोरोना संक्रमितको संख्या एक हजार २२० पुगेको छ। १०२ दिनसम्म नयाँ केस नदेखिएको भए पनि अन्य २२ वटा एक्टिभ केस छन्।