सोमबार, असार २९, २०८३

फुटबलका पहिलो अन्तर्राष्ट्रिय खेलाडी सुब्बाको निधन

नेपालका तर्फबाट पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलमा सहभागी इन्द्रसिंह सुब्बाको मंगलबार बिहान निधन भएको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं – नेपालका तर्फबाट पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलमा सहभागी इन्द्रसिंह सुब्बाको मंगलबार बिहान निधन भएको छ।

८४ वर्षीय सुब्बा मुटुरोगबाट पीडित थिए। उनको उपचारका क्रममा सहिद गंगालाल हृदय केन्द्रमा निधन भएको हो।

सुब्बा सन् १९६२ मा तत्कालीन पूर्वी पकिस्तानमा भएको आगा खाँ गोल्डकप नेपालका तर्फबाट सहभागी बनेका थिए। त्यो नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

उनले विराटनगर चिनी कारखाना, मोरङ ११ लगायतका टिमबाट फुटबल खेलेका थिए।

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले सुब्बाको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल फुटबल टिम सहभागी प्रथम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आगा खाँ गोल्ड कप (पाकिस्तान) मा नेपाली टिमका महत्त्वपूर्ण सदस्य इन्द्रसिंह सुब्बाको असामयिक निधनको खबरले स्तब्ध बनायो।’

प्रकाशित: Aug 11, 2020| 15:45 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।