शुक्रबार, फागुन २९, २०८२

कोरोनाविरुद्धको भ्याक्सिन बनाइसक्यौं– रुसको दाबी

'यो भ्याक्सिन पूर्ण सुरक्षित छ, मेरी छोरीले पनि यो भ्याक्सिन लगाइसकिन्। '
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

एजेन्सी- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइसकेको दाबी गरेका छन्।

National life

बीबीसीका अनुसार मंगलबार सरकारका मन्त्रीहरुलाई सम्बोधन गर्दै उनले भने, ‘आज विहान कोरोना भाइरसविरुद्धको पहिलो भ्याक्सिन दर्ता भइसकेको छ।’

पुटिनले यो खोप मानिसहरुमा दुई महिनासम्म परीक्षण गर्दा पूर्ण सुरक्षित पाइएको र सबै सुरक्षा मापदण्डमा खरो उत्रिएको बताएका छन्।

यो भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ। अब रुसले चाँडै ठूलो संख्यामा आम मानिसहरुलाई यो खोप दिने तयारी गरिरहेको छ।

यद्यपि रुसले जुन गतिमा भ्याक्सिन बनाएको दाबी गरेको छ, त्यसप्रति विश्वका धेरै वैज्ञानिकले चिन्ता पनि व्यक्त गरेका छन्।

Laxmi sunrise bank
kumari

तर, रुसका राष्ट्रपपित भ्लादिमीर पुटिनले सरकारी टेलिभिजनमा सम्वोधन गर्दै गेमालेया इन्स्टिच्यूटमा विकसित यो भ्याक्सिन पूर्ण सुरक्षित रहेको र आफ्नी छोरीले उक्त भ्याक्सिन लगाएको बताएका छन्।

पुटिनले भने, ‘म विश्वस्सत छु, यो खोप संक्रमण निर्मूल पार्न निकै उपयोगी हुनेछ। यसले प्रतिरोधि क्षमतालाई बलियो बनाउँछ र, म फेरि दोहोर्‍याउँछु यसले सबै मापदण्ड पूरा गरेको छ।’

उनले चाँडै यो खोप ठूलो परिमाणमा उत्पादन गरिने पनि बताएका छन्।

चीनमा पनि अन्तिम चरणको परीक्षण

चीनको सिनोभ्याक बायोटेक लिमिटेडले कोभिड– १९ विरुद्धको खोपको अन्तिम चरण मानवमा परीक्षण मंगलबारबाट सुरु गरेको छ। इन्डोनिसियाको सरकारी कम्पनी बायो फार्मासँग मिलेर बनाउन थालिएको यो भ्याक्सिनको परीक्षण इन्डोनेशियामा १६२० जनामाथि गरिंंदै छ।

यसअघि सोमबार सिनोभ्याकले परीक्षणको दोस्रो चरणमा भ्याक्सिन सुरक्षित पाइएको र विरामीमा रोगप्रतिरोधि क्षमताको विकास गराउन सफल भएको जनाएको छ।

कोरोनाभ्याक नामको यो भ्याक्सिसन ती केही प्रभावकारी भ्याक्सिनमध्ये एक हो जुन परीक्षणको यो अवस्थासम्म पुगेका छन्।

 

प्रकाशित: Aug 11, 2020| 15:43 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।