सोमबार, असार २९, २०८३

फुटबलको राष्ट्रिय प्रशिक्षण भदौ १ बाट

सरकारले भदौ १ गतेबाट सबै खेलका राष्ट्रिय खेलाडीका लागि प्रशिक्षणको अनुमति दिएपछि एन्फाले गत साउन १६ गतेभित्र खेलाडीलाई एन्फा एकेडेमीमा उपस्थित हुन निर्देशन दिएको थियो। सोहीबमोजिम सबै खेलाडी काठमाडौं आएर बसेका छन्।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित १३ जनाले कोरोना परीक्षण गराएका छन्। उनीहरुको अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना टेस्ट गराएको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुधन उपाध्यायले बताए।

‘दुई चरणमा गराउने भनिएको कोरोनाको परीक्षणको पहिलो चरणमा आज ११ खेलाडीसहित १३ जनालाई पाटन अस्पतानमा परीक्षण गराइएका छौं,’ व्यवस्थापक उपाध्यायले भने। दोस्र्रो चरणमा भोलि २३ अन्य खेलाडीको कोरोना टेस्ट हुनेछ।

सरकारले भदौ १ गतेबाट सबै खेलका राष्ट्रिय खेलाडीका लागि प्रशिक्षणको अनुमति दिएपछि एन्फाले गत साउन १६ गतेभित्र खेलाडीलाई एन्फा एकेडेमीमा उपस्थित हुन निर्देशन दिएको थियो। सोहीबमोजिम सबै खेलाडी काठमाडौं आएर बसेका छन्।

अहिले बाहिरबाट आएका ११ खेलाडीसहित १३ जना होटेलमा क्वारेन्टिनमा छन् भने २३ खेलाडी घर–कोठामै क्वारेन्टिनमा छन्। यता, एन्फाको होस्टेल निर्मलिकरण गरिसकेको छ र खेलाडी बस्नको लागि डेकोरेसनको काम भइरहेको छ।

प्रशिक्षणका लागि राष्ट्रिय टोलीले अनुमति पाएको भए पनि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिन नेपालमा छैनन्। जसकारण सुरुवाती प्रशिक्षण किरण श्रेष्ठले गराउने छन्। भदौ १ गतेबाट अन्तर्राष्ट्रिय हवाइ उडान खुलेपछि मुख्य प्रशिक्षक आउने फ्लाइट सेड्युलबारे एन्फाले विचार गरिरहेको प्रवक्ता किरण राईले बताएका छन्।

विश्व फुटबलको सर्वाेच्च निकाय फिफा र एसियाली फुटबल महासंघले नेपालमा आगामी असोज–कात्तिकमा विश्वकप र एसिया कपको संयुक्त क्वालिफायर खेल गराउँदै छन्।

नेपालले अष्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग दोस्रो चरणको १–१ खेल खेल्न बाँकी छ। पहिलो चरणका खेलसँगै कुबेतसँगको दोस्रो खेल पनि सम्पन्न भइसहेको छ। बाँकी खेलमा नेपालले असोज २२ गते चाइनिज ताइपेईसँग, असोज २७ मा अस्ट्रेलिया र कात्तिक २७ मा जोर्डनसँग खेल्दैछ।

समूह बीमा रहेको नेपाल समूहको चौथो स्थानमा छ। यता नेपालका प्रशिक्षक योहान कालिनले भने अन्तिमबाट दोस्रो स्थानमा भन्दा पनि सुरुबाट चौथो स्थानमा भएकाले टोलीले राम्रो गरेको बताउँदै आएका छन्।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रारम्भिक सदस्यहरुः

गोलरक्षक– किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथु र दिप कार्की ।

डिफेन्डर– छिरिङ गुरुङ, रञ्जित धिमाल, देवेन्द्र तामाङ, दिलेन लोक्तान, सरोज दाहाल, अजित भण्डारी, सुमन अर्याल, विकास खवास, अमित तामाङ र अनन्त तामाङ।

मिडफिल्डर– सेसेहाङ आङदेम्बे, एरिक विष्ट, सुजल श्रेष्ठ, विशाल राई ‘बी’, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, रोहित चन्द, रवि पासवान, सुनिल बल, अञ्जन विष्ट र पुजन उपरकोटी।

फरवार्ड– जर्ज प्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, आशिष लामा, दर्शन गुरुङ र विमल राना।

 

प्रकाशित: Aug 11, 2020| 15:20 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।