सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोपा लिग : इन्टर र युनाइटेड सेमीफाइनमा, लेवरकुसन र कोपनहेगन बाहिरिए

युरोपा लिग : इन्टर र युनाइटेड सेमीफाइनमा, लेवरकुसन र कोपनहेगन बाहिरिए

इटालियन क्लब इन्टर मिलान र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं- इटालियन क्लब इन्टर मिलान र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार राति सम्पन्न दुई खेलबाट इन्टर मिलान लेवरकुसनलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने म्यानचेस्टर युनाइटेडले कोपनहेगनलाई १–० गोलले पराजित हुँदै अन्तिम ४ मा स्थान बनाएको हो ।

हारसँगै जर्मन क्लब लेवरकुसन र डेनिस क्लब कोपनहेगन प्रतियोगिताबाट बाहिरिएका छन्।

जर्मनको न्युट्रल भेन्यू स्प्रिट एरिना रंगशालामा सम्पन्न खेलमा इन्टरको जितका लागि निकोलो ब्यारेला र रोमेलु लुकाकूले १÷१ गोल गरे। इता लेवरकुसनका केइ हेवत्र्जले २४ औं मिनेटमा सान्त्वना गोल फर्काए।

खेलको १५ औं मिनेटमा गोल गर्दै ब्यारेलाले इन्टरका लागि सुरुवाती अग्रता बनाएका थिए। त्यस्तै, २१ औं मिनेटमा गोल गर्दै लुकाकूले अग्रतालाई दोब्बर बनाए। तर, त्यसलगत्तै लेवरकुसनका हेवत्र्जले गोल गरेपछि पहिलो हाफको नतिजा २–१ गोल अन्तरको रह्यो।

दोस्रो हाफमा दुवै तर्फबाट थप गोल हुन नसकेपछि इन्टर युरोपा लिगको सेमीफाइनलमा प्रवेश गरेको हो। अब इन्टरले अगस्त १८ (मंगलबार) सख्तर डोनेटेस्क र बसेलको विजेतासँग खेल्नेछ।

जर्मनीको रेहिन इनर्जी रंगशलामा भएको अर्को खेलमा युनाइटेडको जितका लागि ब्रुनो फर्नान्डेसले निर्णायक गोल गरे। निर्धारित समयसम्म पनि गोलरहित बराबरी भएपछि खेल आधा घण्टाल लम्ब्याइएको थियो।

९५ औं मिनेटमा पाएको पेनाल्टीको सदुपायोग गर्दै फर्नान्डेसले गोल गरेपछि युनाइटेडले सेमीफाइनल प्रवेशको अवसर पाएको हो।

अब युनाइटेडले अर्को सोमबार डुसेलडोर्फमा हुने सेमीफाइनल खेलमा वुल्भ्स र सेभियाको विजेतासँग खेल्नेछ।

प्रकाशित: Aug 11, 2020| 08:07 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।