शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ट्रम्पले पत्रकार सम्मेलन गरिरहँदा ह्वाइटहाउस बाहिर गोली चल्यो

ट्रम्पले पत्रकार सम्मेलन गरिरहँदा ह्वाइटहाउस बाहिर गोली चल्यो

सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका बेला गोली चलेपछि सुरक्षाकर्मीले ट्रम्पलाई भित्र लगेका थिए।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर गोली चलेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित पत्रकार सम्मेलन गरिरहँदा बाहिर गोली चलेको हो।

National life

सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका बेला गोली चलेपछि सुरक्षाकर्मीले ट्रम्पलाई भित्र लगेका थिए। केही बेरपछि बाहिर आएर 'स्थिति नियन्त्रणमा छ' भन्दै उनले पत्रकार सम्मेलन जारी राखेका थिए। पत्रकार सम्मेलन छाडेर भित्र गएको नौ मिनेटपछि ट्रम्प पुनः सम्मेलनस्थल फर्केका थिए।

अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो आफूलाई लागेको उनले बताए। उक्त घटना उनीप्रति लक्षित भए वा नभएको बारे आफूलाई जानकारी नभएको ट्रम्पले बताए।

उनका अनुसार उक्त घटनापछि कसैलाई अस्पताल लगिएको छ। ट्रम्पले यो असामान्य स्थिति भए पनि सिक्रेट सर्भिसको व्यावसायिक ढङ्गले गर्ने कामको प्रशंसा गरे।

बीबीसी

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 11, 2020| 06:25 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।