शुक्रबार, फागुन २९, २०८२

बेरुत विस्फोट : लेबनानको सरकार ढल्यो

यसअघि नै मन्त्रिमण्डलका केही सदस्यले राजीनामा दिइसकेका थिए।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।

National life

उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

यसअघि नै उनको मन्त्रिमण्डलका केही सदस्यले राजीनामा दिइसकेका थिए।

गत बेरूतमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १६० नाघेको छ। अझै कतिपय बेपत्ता रहेको बताइएको छ।

विस्फोटमा करिब ६ हजार मानिस घाइते भएको बीबीसीले उल्लेख गरेको छ।

Laxmi sunrise bank
kumari

विस्फोटपछि बेरूतका सडकमा प्रदर्शनहरु भइरहेका छन्।

प्रकाशित: Aug 11, 2020| 05:45 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।