बिहीबार, भदौ ४, २०८३

रोगले थलिए राउटे, भत्तामात्र दिएर पन्छिँदै सरकार

चिसो भुइँमाथि पातलो खुइलिएको म्याट, बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

सुर्खेत- चिसो भुइँमाथि पातलो खुइलिएको म्याट, बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो। ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ। अरुको साहारा बिना उठबस गर्न सकिरहेका छैनन् उनी। 

फिरन्ते राउटे समुदाय पहिले डाक्टरी उपचारमा त्यति विश्वास गर्थेनन् तर पछिल्ला केही वर्षयता भने उनीहरुको यो धारणा क्रमशः बदलिएको छ। कर्णबहादुरले पनि हालै बस्तीमा पुगेको एक सरकारी टोलीसँग उपचारको व्यवस्था मिलाइदिन आग्रह गरे। बिमारले थलिएको धेरै भइसक्यो, औषधि–उपचार पाए हुन्थ्यो, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना नेतृत्वको टोलीसँग उनले भने, 'जिउ दुखेर हैरान बनायो, औषधि खाए निको हुन्थ्यो कि डाक्टरलाई यतै (बस्तीमै) पठाइदिनुपर्‍यो।'

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका ज‌ंगलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्दछ। यो समुदाय एक साताअघि मात्रै सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ स्थित घाटगाउँमा बसाइँ सरेको हो। छयालीस घरधुरी रहेका राउटे हाल १४१ को संख्यामा छन्।

अधिकांश राउटेका हाटखुट्टामा घाउ–खत छन्। ३० वर्षीय प्रेम शाही दैलेखको गुराँस गाउँपालिकामा अटोरिक्सा पल्टिँदा घाइते भएका थिए। उनको दायाँ खुट्टामा गम्भीर समस्या छ। दुर्घटनालगत्तै उनले स्थानीय मेडिकलमा उपचार गराए। स्वास्थ्यकर्मीले हड्डी भाँच्चिएको बताएपछि डर लागेर उपचार नगराएको उनले बताए। प्रेमलाई पनि अरुको साहाराबिना लामो यात्रा गर्न मुस्किल पर्छ। त्यस्तै, १२  वर्षीय बपिल शाही केही दिनअघि सल्यानको बालुवाग्राहीमा लडेर घाइते भएको थियो। उनको दायाँ हातको कुइनामा चोट लागेको छ।

'भत्तामात्र बाँडेर राज्यले राउटेप्रतिको दायित्वबाट पन्छिन मिल्दैन', उनले भनिन्, 'बिरामीलाई बस्तीबाट अस्पतालमा पुर्‍याउने, उपचारका लागि काउन्सिलिङ गर्न उनीहरुले विश्वास गर्न सक्ने मान्छे कुरुवा बस्नुपर्छ, अन्य जाति जस्तो राउटेको उपचार गर्न सजिलो छैन।'

राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले राउटेको उपचारमा स्थानीय र प्रदेश सरकारले बेवास्ता गरेको आरोप लगाएकी छन्। 'भत्तामात्र बाँडेर राज्यले राउटेप्रतिको दायित्वबाट पन्छिन मिल्दैन', उनले भनिन्, 'बिरामीलाई बस्तीबाट अस्पतालमा पुर्‍याउने, उपचारका लागि काउन्सिलिङ गर्न उनीहरुले विश्वास गर्न सक्ने मान्छे कुरुवा बस्नुपर्छ, अन्य जाति जस्तो राउटेको उपचार गर्न सजिलो छैन।'

जंगली परिवेशमा रमाउँदै आएका राउटे समुदायलाई पहिचानसहितको सामाजिकीकरण गर्ने प्रदेश सरकारको योजना छ। सामाजिक विकास मन्त्रालयले राउटे समुदायको पहिचानलाई जोगाउँदै सामाजिकीकरण गर्ने तयारी गरेको हो।

यसका लागि मन्त्रालयले राउटे समुदायको जातीय र मौलिकताको संरक्षण गर्ने, स्थायी बस्ती बसाल्ने, सीपको आधुनिकीकरण गर्ने, बाह्य समुदायबाट हुने नोक्सानी र हिंसाजन्य जोखिमबाट संरक्षण गर्ने, घुम्ती तथा खेलको माध्यमबाट शिक्षण सिकाइका गतिविधि सञ्चालन गर्ने, भाषालाई लिपीवद्ध गर्दै संस्कृतिको संरक्षण गर्ने, नागरिकता उपलब्ध गराउने गरी नीति तयार गरेको छ।

गुराँस गाउँपालिकाले विगत ३ वर्षदेखि राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लिँदै आएको छ। सामाजिक सुरक्षाबापत केन्द्र सरकारले प्रतिव्यक्ति मासिक ३ हजार र कर्णाली प्रदेश सरकारले २ हजार दिँदै आएको छ। गत वर्षमात्रै करिब ७० लाख रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

आफ्नै जंगली परिवेशमा रमाउँदै आएका राउटे समुदायलाई पहिचान सहितको सामाजिकीकरण गर्ने प्रदेश सरकारको योजना छ। सामाजिक विकास मन्त्रालयले राउटे समुदायको पहिचानलाई जोगाउँदै सामाजिकीकरण गर्ने तयारी गरेको हो।

यसका लागि मन्त्रालयले राउटे समुदायको जातीय र मौलिकताको संरक्षण गर्ने, स्थायी बस्ती बसाल्ने, सीपको आधुनिकीकरण गर्ने, बाह्य समुदायबाट हुने नोक्सानी र हिंसाजन्य जोखिमबाट संरक्षण गर्ने, घुम्ती तथा खेलको माध्यमबाट शिक्षण सिकाइका गतिविधिहरु सञ्चालन गर्ने, भाषालाई लिपीवद्ध गर्दै संस्कृतिको संरक्षण गर्ने, नागरिकता उपलब्ध गराउने गरी नीति तयार गरेको छ।

राउटेहरु जुन जिल्लामा बसाइँ सरेपनि गुराँस गाउँपालिका नै भत्ता वितरण गर्ने गर्दछ। प्रतिष्ठानकी अध्यक्ष अधिकारीका अनुसार बदलिँदो खानपिन, जलवायु परिवर्तनले पारेको असरले राउटेमा बढी स्वास्थ्य समस्या देखिएको छ।

'कन्दमूल खान छाडे, वनजङ्गल, खोलाकिनारमा नाङ्गै बस्छन्, पहिले–पहिले कन्दमूल खाने, गुना–बाँदरको सिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नुन छर्केर खाने गर्थे, तरकारीका रुपमा कुभिण्डो, खोले साग उसिनेर पकाउँथे', उनले भनिन्, 'अचेल खानपिनको शैली बदलियो, मदिराको कुलत बढ्यो, सहरीया खानपिनमा रुचि बढ्यो जसले गर्दा राउटेको स्वास्थ्य अवस्था कमजोर बन्न पुग्यो।'

'प्राथमिक उपचार बस्तीमै हुन्छ। गम्भीर प्रकृतिको समस्या छ भने उनीहरुलाई काउन्सिलिङ गरेर स्वास्थ्य संस्थासम्म लैजाने व्यवस्था मिलाएका छौं।'

गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गैरसरकारी संस्थाको सहयोगमा राउटे बस्तीमा शिक्षा र स्वास्थ्य सहजकर्ता परिचालन गरेको जानकारी दिए। गम्भीर प्रकृतिको राउटेको उपचारमा सहयोग गर्दै आएको उनको भनाइ छ। 'प्राथमिक उपचार बस्तीमै हुन्छ। गम्भीर प्रकृतिको समस्या छ भने उनीहरुलाई काउन्सिलिङ गरेर स्वास्थ्य संस्थासम्म लैजाने व्यवस्था मिलाएका छौं', वलीले भने।

मृत्युदर बढ्यो

राउटेको संख्या बर्सेनि घट्दो क्रममा छ। राउटे अगुवाको भनाइमा पहिले ज्वरो, निमोनिया, आउँ, हैजा, पखाला, केही रोग लाग्थेन। पछिल्ला केही दशक यता उनीहरुको स्वास्थ्य निकै कमजोर बनेको छ। रोगले कतिपयको त अकालमै मृत्यु भैसकेको छ। घनाजङ्गलमा बस्न रुचाउने राउटे अचेल अन्य समुदाय नजीक र सहरबजार आसपासमा बस्न थालेका छन्। तापक्रम वृद्धिसँगै पहाडका जंगलमा समेत लामखुट्टेले टोक्नु, अन्य समुदायसँग बाक्लिंदो घुलमिल हुनु, खानपिनमा परिवर्तन हुनु, कडा एन्टिबायोटिक औषधिको सेवन गर्नुजस्ता कारणले राउटेहरु दिनप्रतिदिन रोगी बन्न थालेको बताइएको छ।

'राउटे वंश, संस्कृति, बेग्लै भाषा भएको दुर्लभ मानव जाति लोपोन्मुख अवस्थामा पुग्नु दुर्भाग्य हो। आफ्ना समुदायका सदस्यको मृत्यु हुनासाथ बस्ती छाड्ने प्रचलनका कारण यो समुदाय छिटो–छिटो बसाइँ सर्नुपर्ने बाध्यतामा छ।'

गत वर्ष मंसिरदेखि यता १८ राउटेको मृत्यु भइसकेको छ। पछिल्लो समय मयो शाही, दलबहादुर शाही, मानसिं शाही, शिवराज शाही, कान्छाराम शाही, कपिल शाहीको मृत्यु भएको जनाइएको छ। अत्यधिक मदिरा सेवनका कारण अकालमा धेरै राउटेको ज्यान गइसकेको छ। एकातिर मदिराको अत्यधिक सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृत्युदर बढेको बताइएको छ। मदिराको अत्यधिक सेवन, कुपोषण, व्यक्तिगत सरसफाइको कमीजस्ता कारणले राउटे नागरिकको मृत्युदर बढेको हो।

प्राणीशास्त्रीसमेत रहेका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले राउटे वंशको सुरक्षा महत्त्वपूर्ण सवालका रुपमा रहेको बताए। 'राउटे संस्कार, संस्कृति संरक्षण गर्न नसके अस्तित्व हराउन धेरै वर्ष पर्खनुपर्दैन', उनले भने, 'राउटे वंश, संस्कृति, बेग्लै भाषा भएको दुर्लभ मानव जाति लोपोन्मुख अवस्थामा पुग्नु दुर्भाग्य हो। आफ्ना समुदायका सदस्यको मृत्यु हुनासाथ बस्ती छाड्ने प्रचलनका कारण यो समुदाय छिटो–छिटो बसाइँ सर्नुपर्ने बाध्यतामा छ।' पछिल्लो एक महिनामै उनीहरु सात स्थानमा बसाइँ सरिसकेका छन्। -प्रकाश अधिकारी/रासस

प्रकाशित: Sep 20, 2021| 10:54 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।