सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ७ दिनभित्र आर्थिक प्रतिवेदन पेश गर्न बक्सिङ संघलाई राखेपको पत्र

७ दिनभित्र आर्थिक प्रतिवेदन पेश गर्न बक्सिङ संघलाई राखेपको पत्र

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल बक्सिङ संघलाई सात दिनभित्र आर्थिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल बक्सिङ संघलाई सात दिनभित्र आर्थिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

क्लबका महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले गत असार १४ गते संघमा आर्थिक अनियमितता भएको भन्दै राखेपमा छानबिनका लागि पाँच बुँदे उजुरी दिएपछि राखेपले संघलाई उक्त निर्देशन दिएको हो।

महासचिव भट्टाचार्यले आफूलाई संघको काम कारबाहीमा बेवास्ता गरेको र अध्यक्षले अपारदर्शी काम गरेको भन्दै आरोप लगाउँदै आएका छन्। साथै संघमा कोषाध्यक्ष रहेका गौतम सुजखुलाई हटाएर विधानविपरीत सहकोषाध्यक्ष राखेर अर्थिक अनियमितता गरेका उनीहरुले आरोप लगाएका छन्।

यता, साउन १४ र १५ गते बसेको संघको बैठकमा आफूमाथि दुव्र्यवहार भएको भन्दै भट्टाचार्यले आरोप लगाएपछि बसक्सिङ संघको विवाद थप उत्कर्षमा पुगेको हो।

उनले साउन १७ गते एउटा विज्ञप्ति नै निकालेर दुव्र्यवहार भएको बताएका थिए। तर, संघका अध्यक्ष राम अवालेले त्यसपछि संघका तर्फबाट विज्ञप्ति जारी गर्दै भने, “संघको महासचिव जस्तो जिम्मेवार व्यक्तिबाट बक्सिङ खेलको विकास र विस्तारमा भ्रम सृजना गर्ने गैरजिम्मेवारी, कपोलकल्पित र निराधारपूर्ण अभिव्यक्तिले संघको गरिमालाई नै आघात पु¥याएको महसुस भएको छ।”

अध्यक्ष अवालेले आफ्नो कार्यकालमा सागमा ३ स्वर्णसहित १५ पदक ल्याएको र आर्थिक अनियमितताको शंका गर्न नमिल्ने भन्दै आफ्नो बचाउ गर्दै आएका छन्।

प्रकाशित: Aug 10, 2020| 19:08 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।