सोमबार, असार २९, २०८३

एन्फा साधारणसभा अनिश्चितकालका लागि स्थगित

एन्फा प्रवक्ता किरण राईले प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गर्ने बताएका हुन्। कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित गरिएको हो ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

एन्फा प्रवक्ता किरण राईले प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गर्ने बताएका हुन्। कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित गरिएको हो ।

यसअघि एन्फाले गत चैतमा साधारणसभा स्थगित गरेको थियो । सरकारले कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गोष्ठी, भेला र सम्मेलन गर्न निषेध गरेकाले साधारणसभा स्थगित गर्नुपरेको प्रवक्ता राईले बताए।

सङ्क्रमणको दर बढ्न थालेको र जोखिमलाई ध्यानमा राख्दै साधारणसभा स्थगित गरिएको उनको भनाइ छ ।

रासस

प्रकाशित: Aug 10, 2020| 18:15 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।