सोमबार, असार २९, २०८३

राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीको कोरोना परीक्षण

नेपाली राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाले कोरोना भाइरस परीक्षण गराएका छन्।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाले कोरोना भाइरस परीक्षण गराएका छन्।

उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना परीक्षण गराएको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुधन उपाध्यायले बताए।

१३ जना भने एन्फाका अफिसियल र स्टाफ रहेकाे एन्फाले जनाएकाे छ।

‘पहिलो चरणमा आज पाटन अस्पतालमा ११ खेलाडीसहित २५ जनाकाे परीक्षण गराएका छौं,’ उपाध्यायले भने।

दोस्राे चरणमा मंगलबार २३ अन्य खेलाडीको कोरोना परीक्षण गरिनेछ।

सरकारले भदौ १ गतेदेखि सबै खेलका राष्ट्रिय खेलाडीका लागि प्रशिक्षणको अनुमति दिएपछि एन्फाले साउन १६ गतेभित्र खेलाडीलाई एन्फा एकेडेमीमा उपस्थित हुन निर्देशन दिएको थियो। सोहीबमोजिम सबै खेलाडी काठमाडौं आएका छन्।

अहिले बाहिरबाट आएका ११ खेलाडीसहित १३ जना होटेलको क्वारन्टिनमा छन् भने २३ खेलाडी घरमै क्वारेन्टिनमा छन्।

एन्फाको होस्टेल निर्मलीकरण गरिएको छ। खेलाडी बस्नका लागि डेकोरेसनको काम भइरहेको छ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिन भने नेपालमा छैनन्। त्यसैले सुरुवाती प्रशिक्षण किरण श्रेष्ठले गराउनेछन्।

विश्व फुटबलको सर्वाेच्च निकाय फिफा र एसियाली फुटबल महासंघले नेपालमा आगामी असोज–कात्तिकमा विश्वकप र एसिया कपको संयुक्त क्वालिफायर खेल गराउँदै छन्।

नेपालले अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग दोस्रो चरणको १–१ खेल खेल्न बाँकी छ।

पहिलो चरणका खेल सकिएको छ भने कुबेतसँगको दोस्रो खेल पनि सम्पन्न भइसकेको छ।

नेपालले असोज २२ गते चाइनिज ताइपेईसँग, असोज २७ मा अस्ट्रेलिया र कात्तिक २७ मा जोर्डनसँग खेल्दै छ।
समूह बीमा रहेको नेपाल समूहको चौथो स्थानमा छ।

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक सदस्यहरु

गोलरक्षक – किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथु र दीप कार्की

डिफेन्डर – छिरिङ गुरुङ, रञ्जित धिमाल, देवेन्द्र तामाङ, दिलेन लोक्तान, सरोज दाहाल, अजित भण्डारी, सुमन अर्याल, विकास खवास, अमित तामाङ र अनन्त तामाङ

मिडफिल्डर – सेसेहाङ आङदेम्बे, एरिक विष्ट, सुजल श्रेष्ठ, विशाल राई ‘बी’, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, रोहित चन्द, रवि पासवान, सुनिल बल, अञ्जन विष्ट र पुजन उपरकोटी

फरवार्ड – जर्ज प्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, आशिष लामा, दर्शन गुरुङ र विमल राना

 

प्रकाशित: Aug 10, 2020| 12:43 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।