सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियन्स लिग : खेलाडीमा कोराना देखिएपछि तालिका संशोधनकाे अपिल गर्दै एट्लेटिको

च्याम्पियन्स लिग : खेलाडीमा कोराना देखिएपछि तालिका संशोधनकाे अपिल गर्दै एट्लेटिको

एट्लेटिकोका दुई जना (एक खेलाडी र एक अफिसियल) लाई कोरोना संक्रमण भएपछि क्लबले नयाँ तालिकाका लागि अपिल गर्ने भएको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

मड्रिड– एट्लेटिकोका दुई जना (एक खेलाडी र एक अफिसियल) लाई कोरोना संक्रमण भएपछि क्लबले नयाँ तालिकाका लागि अपिल गर्ने भएको छ।

स्पेनिस क्लब एट्लेटिको मड्रिडले आगामी अगस्त १४ मा जर्मन क्लब लाइप्जिकसँग युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने कार्यतालिका छ।

‘क्लबका दुई जनालाई कोरोना संक्रमण भएपछि खेलाडीको अभ्यास तालिकामा असर गरेको छ। साथै लिस्वनमा बस्ने ठाउँमा पनि परिवर्तन हुन सक्नेछ’, क्लबको सूचनामा भनिएको छ।

क्लबले युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएसँग नयाँ तालिकाका लागि अपिल गर्ने बताएको छ।

‘यूईएफएसँगको यो सहकार्य खेलाडीका लागि पनि सम्मान हुनेछ,’ क्लबको सूचनामा उल्लेख छ।

एट्लेटिकोले मेडिकल गोपनीयताका कारण खेलाडीको नाम भने सार्वजनिक गरेको छैन। क्लबले दुवैजनालाई होम क्वारेन्टिनमा रोखेको छ।

च्याम्पियन्स लिगअन्तर्गतका क्वार्टरफाइनलदेखि फाइनलसम्मका सबै खेल पोर्चुगलको राजधानी लिस्बनमा हुँदै छन्।

लिस्बन जानुअघि स्पेनको राजधानी मड्रिडमा ९३ जनाको (खेलाडी, खेल अधिकारी र स्टाफ) को शनिबार कोरोना परीक्षण गरिएको थियो।

सो क्रममा दुई जनालाई कोराना भाइरस संक्रमण देखिएको हो। अब सोमबार सबैको पुनः कोरोना परीक्षण गरिरने बताइएको छ।

कोरोना महामारीका कारण यो सिजनको क्वार्टरफाइनल खेल सिंगल लेगको हुँदै छ। खेलमा दर्शककाे उपस्थिति हुने छैन।

–बीबीसी

प्रकाशित: Aug 10, 2020| 12:05 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।