शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • न्यूजिल्याण्डमा कोरोनाका नयाँ संक्रमित १०० दिनदेखि शून्य

न्यूजिल्याण्डमा कोरोनाका नयाँ संक्रमित १०० दिनदेखि शून्य

दिनप्रतिदिन कोरोना संक्रमितहरु थपिइरहेका बेला न्यूजिल्याण्डमा भने १०० दिनदेखि नयाँ संक्रमित थपिएका छैनन्।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

विश्वभर- विश्वका अधिकांश देशमा दिनप्रतिदिन कोरोना संक्रमितहरु थपिइरहेका बेला न्यूजिल्याण्डमा भने १०० दिनदेखि नयाँ संक्रमित भेटिएका छैनन्।

National life

कोरोनाविरुद्धको लडाईँ जितेका कारण विश्व स्वास्थ्य संगठनबाट तथा अन्तर्राष्ट्रिय रुपमा प्रशंसा बटुल्न सफल न्यूजिल्याण्डमा १०० दिनदेखि कोरोना संक्रमित नथपिए पनि कोरोनाबाट जोगिने स्वास्थ्यका मापदण्डहरु भने संवेदनशील रुपमा अपनाइएको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले यो उपलब्धीलाई कोशेढुंगाको संज्ञा दिएको छ।

न्यूजिल्याण्डमा अहिले २३ जना सक्रिय संक्रमित छन्। ती अन्य देशबाट न्यूजिल्याण्ड प्रवेश गर्दैगर्दा सीमा क्षेत्रमा गरिएको परीक्षणबाट पुष्टि भएका केसहरु हुन्। उनीहरुलाई सीमा क्षेत्रमै निर्माण गरिएको सुविधासम्पन्न आइसोलेसनमा राखिएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक एशले ब्लुमफिल्डले १०० दिनसम्म कोरोनाको नयाँ मामिला नदेखिनु कोशेढुंगा भएको बताउँदै दोस्रो पटक कोरोनाको लहर चल्न पनि सक्ने कुरामा भने चिन्ता व्यक्त गरेका छन्।

Laxmi sunrise bank
kumari

उनले भनेका छन्, ‘न्यूजिल्याण्डमा भविस्यमा पनि संक्रमण देखिन सक्छ, त्यसका लागि हामी तयारी अवस्थामा रहनुपर्छ।’

न्यूजिल्याण्डमा ५० लाख जनसंख्या छ। गत फेब्रुअरीमा पहिलो कोरोना संक्रमित भेटिएपछि मे महिनासम्म १ हजार २१९ जनामा संक्रमण पुष्टि भएको थियो। जसमध्ये २२ जनाको मृत्यु भएको छ।

लामो समयदेखि नयाँ संक्रमित नभेटिएपछि त्यहाँ खेल तथा सांस्कृतिक कार्यक्रम सूचारु भइसकेका छन्। सीमा क्षेत्रमा कडाइ गरिएको छ भने देशमा प्रवेश गर्ने व्यक्ति कम्तीमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम छ।

कोरोनाको दोस्रो लहर फैलिन सक्ने सम्भावनालाई मध्येनजर गर्दै सबै प्रकारका तयारी त्यहाँ गरिएको छ।

प्रकाशित: Aug 09, 2020| 19:15 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।