शुक्रबार, फागुन २९, २०८२

महिन्दा राजपाक्षेले लिए चौथो पटक प्रधानमन्त्रीको सपथ

श्रीलंका पिपुल्स पार्टी एसएलपीपीका ७४ वर्षीय नेता महिन्दा राजपाक्षेले चौथो पटक देशको प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन्।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं- श्रीलंका पिपुल्स पार्टी एसएलपीपीका ७४ वर्षीय नेता महिन्दा राजपाक्षेले चौथो पटक देशको प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन्।

National life

श्रीलंकामा हालै सम्पन्न संसदीय चुनावमा भारी बहुमतसहित जित हासिल गरेको एसएलपीपीका नेता राजपाक्षेले उत्तरी कोलम्बोको उपनगर केलानियामा रहेको ऐतिहासिक बौद्ध मन्दिर राजमहा विहारमा आयोजित विशेष कार्यक्रममा सपथ ग्रहण गरेका हुन्।

उनका भाइ राष्ट्रपति गोटबाया राजपाक्षेले प्रधानमन्त्रीको सपथ ग्रहण गराएका हुन्।

सपथ ग्रहण समारोहलाई राष्ट्रपति गोटभाया राजपाक्षेको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

पछिल्लो दुई दशकदेखि श्रीलंकाको राजनीतिमा राजपाक्षे परिवारको पकड रहेको छ। पछिल्लो निर्वाचनसँगै त्यहाँको राजनीतिमा राजपाक्षे परिवारको पकड अझै बलियो भएको विश्लेषण गरिएको छ।

Laxmi sunrise bank
kumari

महिन्दा राजपाक्षे सन् २००५ देखि २०१५ सम्म १० वर्ष श्रीलंकाको राष्ट्रपति रहेका थिए।

प्रकाशित: Aug 09, 2020| 15:20 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।