मंगलबार, साउन १२, २०८३

भारतको जोधपुरमा ११ पाकिस्तानीको हत्या

भारतको राजस्थानस्थित जोधपुरमा ११ जना पाकिस्तानीको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

एजेन्सी- भारतको राजस्थानस्थित जोधपुरमा ११ जना पाकिस्तानीको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको छ।

जोधपुरस्थित देचु थानास्थित लोडता गाउँको अचलावता टोलमा पाकिस्तानबाट विस्थापित भएर आएको एउटा परिवारका ११ सदस्यको हत्या गरेर खेतमा फालिएको अवस्थामा शव फेला परेको हो।

एकजना घाइते अवस्थामा भेटिएका छन्। हत्या गरिएका व्यक्तिहरु गाउँमा आएर खेतीपातीको काम गरेर जीवन निर्वाह गरिरहेका थिए।
मृतकमध्ये २ पुरुष, ४ महिला र ५ बालबालिका रहेका छन्।

पाकिस्तानबाट केही समयअघि विस्थापित भएर आएका भिल समुदायका व्यक्तिको परिवारका सदस्य मारिएका हुन्। उनीहरु इनार निर्माणको काम गर्ने र ससाना झुपडीमा बस्ने गरेको पाइएको छ।

त्यहाँको प्रहरीले प्रारम्भिक अध्ययनमा कसैले सामूहिक हत्या गरेको हुन सक्ने आशंका रहेको भन्दै थप छानबिन भइरहेको जनाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

प्रकाशित: Aug 09, 2020| 13:40 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।