शुक्रबार, फागुन २९, २०८२

भारतमा कोरोनाबाट १९६ जना डाक्टरको मृत्यु

भारतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १९६ जना डाक्टरको मृत्यु भएको छ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

एजेन्सी- भारतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १९६ जना डाक्टरको मृत्यु भएको छ। त्यहाँको इन्डियन मेडिकल एसोसियसन (आईएमए) का अनुसार हालसम्म यति ठूलो संख्यामा डाक्टरहरुको मृत्यु भएको हो।

National life

आईएमएले यो डरलाग्दो तथ्यांक सार्वजनिक गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई डाक्टरको सुरक्षामा ध्यान दिन अपिल गरेको छ।

उसले मोदीलाई पत्र लेख्दै कोरोना संकटका क्रममा डाक्टरहरुको सुरक्षालाई लिएर चिन्तित हुन आग्रह गरेको हो।

पत्रमा लेखिएको छ, ‘कोभिडबाट डाक्टरहरु संक्रमित हुने र ज्यान जाने क्रम बढिरहेको छ, हामीले अहिलेसम्म १९६ जना डाक्टर गुमाइसकेका छौँ। सरकारले सरकारी र निजी क्षेत्रका डाक्टरहरुलाई विभेद गरेको छ, कोरोनाले यस्तो विभेद गर्दैन। देशभरका साढे ३ लाख डाक्टरको प्रतिनिधित्व गर्ने यो संस्था अहिले चिन्तित छ।’

प्रकाशित: Aug 08, 2020| 17:45 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।