बिहीबार, भदौ ११, २०८३

भारत : ८ महिनामा ६ जनासँग बिहे गरेर लुटपाट

बिहेको दुई दिनपछि दुलही माइत जान्छिन्। उनीसँगै उनका श्रीमान पनि जान्छन्। बीच बाटोमा पुगेपछि दुलाहालाई केही गडबडी छ कि भन्ने आशंका हुन्छ, तर उनलाई शंका हुने बेलासम्म उनको हत्याको योजना बनिसकेको हुन्छ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

भारत- बिहेको दुई दिनपछि दुलही माइत जान्छिन्। उनीसँगै उनका श्रीमान पनि जान्छन्। बीच बाटोमा पुगेपछि दुलाहालाई केही गडबडी छ कि भन्ने आशंका हुन्छ, तर उनलाई शंका हुने बेलासम्म उनको हत्याको योजना बनिसकेको हुन्छ।

भोलिपल्ट रुखमा झुण्डिरहेको अवस्थामा युवकको शव फेला पर्छ, त्यसपछि थाहा हुन्छ ती युवकले लुटाराको समूहबाट परिचालित युवतीसँग पो बिहे गरेका रहेछन्।

७ दिनअघि भारतको मध्य प्रदेशस्थित रतलाम जिल्लाको सैलानानजिक ती युवकको शव भेटिएपछि प्रहरीले दुलही र उनको लुटेरा समूहबारे पत्ता लगाउँछ।

मीनाक्षी नामकी युवतीले सर्वसाधारणलाई लुट्न राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेशलगायतका कयौँ ठाउँमा यस प्रकारको झुठो बिहे गरिसकेको प्रहरीले पत्ता लगाएको छ।

सैलानामा ७ दिनअघि २९ वर्षीय महेन्द्र नामका युवकको शव भेटिएको थियो। प्रारम्भिक अनुसन्धानमा उनको हत्या पत्नी मीनाक्षीले गरेको खुलेको थियो। जसको बिहे दुई दिनअघि मात्रै भएको थियो।

हत्यापछि मीनाक्षी आफ्नो लुटेरा गिरोहसँग फरार भइसकेकी थिइन्।

महेन्द्र र मीनाक्षीको बिहे एक म्यारिज ब्युरोको माध्यमबाट भएको थियो। बिहेका लागि मीनाक्षीका फर्जी भाइले साढे दुई लाख रुपैयाँ लिएका थिए। उनीहरुको बिहे परम्परागत रुपमा र अदालती प्रक्रियाबाट पनि भएको थियो।

बिहेको दुई दिनपछि मीनाक्षीको नातेदार बनेर आएका ४ जनाले महेन्द्रलाई आफ्नो गाडीमा बसालेर लगेका थिए। त्यसको भोलिपल्ट महेन्द्रको शव सैलाना नजिक एउटा रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो।

प्रहरीले घटनालाई गम्भीरताका साथ लिँदै मीनाक्षीको मोबाइल नम्बर ट्र्याक गरेर इन्दौरबाट गिरफ्तार गर्यो।

प्रहरीका अनुसार तीन वर्षअघि आफ्ना पतिसँग सम्बन्ध बिग्रिएपछि मीनाक्षी आफ्नो माइत गएको र त्यसपछि यस्तो काममा लागेको बताएकी छन्।

यसअघि मीनाक्षीको भेट उत्तर प्रदेशका पुष्पेन्द्र दुबे नामका युवकसँग भयो। बिहे गरेको नाटक गरी ठगी गर्ने मामिलामा उनलाई भाई गजेन्द्रले पुरोहित बनेर सहयोग गरेका थिए। यो काम गरेबापत मीनाक्षीले लुटेरा समूहसँग पैसा लिने गरेकी थिइन्।

मीनाक्षीसँग प्रहरीले लिएको बयानअनुसार उनले ८ महिनामा ६ वटा बिहे गरिसकेकी छन्।

आजतकबाट साभार

प्रकाशित: Aug 08, 2020| 15:35 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।